arrow

कामपा वडा २१ मा २५ यूवा काँग्रेसमा प्रवेश, चुनावी चहलपहल बढ्दो 

logo
प्रकाशित २०७४ वैशाख २३ शनिबार
congress-lagan-ktm.jpg

काठमाडौं। स्थानीय तहको निर्वाचन मिति नजिकिदै जाँदा काठमाडौंको भित्री शहरमा चुनावी चहलपहल अझ वढ्दै गएको छ। विभिन्न पार्टीमा भित्रिनेहरुको संख्या पनि चुनावको बेलामा ह्वात्तै देखिदै आएको छ। 

काठमाडौं महानगरपालिका भित्र पनि चुनावी सर्गर्मी वढेसँगै काँग्रेसमा प्रवेश गर्नेहरुको पनि चहल पहल वढेको छ। कामपा वडा नं २१ भोटे बहालमा  २५ जना युवा नेपाली काँगेसमा प्रवेश गरेका छन् । शनिवार उनीहरु काँग्रेसमा प्रवेश गर्दै  काँगेसले नै देशमा निकास दिने विश्वास व्यक्त गरे। उनीहरुले स्थानीय चुनावमा नेपाली काँगेसलाई जिताउन काँगेस प्रवेश गरेका जनाए । 

सो स्थानका युवाहरुलाई वडा नं २१ नेपाली काँगेसका ईकाइ समितिका अध्यक्ष गोविन्द रञ्जितले सदस्यता दिएका हुन् । कार्यकममा मेयरका उम्मेदवार राजुराज जोशी र उप मेयरका उम्मेदवार हरिप्रभा खड्गी श्रेष्ठले महिलाको अधिकार स्थापित गर्दै महानगरको पहिचानलाई कायम राख्दै विकास गर्ने बताए। 

सोहि अवसरमा वडा अध्यक्ष उम्मेदवार रञ्जित, महिला सदस्य शान्ति कमार्चाय, सदस्य जगदिश नेपाली  र नरेन्द्र मानन्धरले वडाका युवाहरुलाई लक्षित योजनाहरु ल्याउने प्रतिवद्धता व्यक्त गरे । यस अघि तरुण दल, नेपाल महिला संघ र  लोकतान्त्रिक नेवाः खलको सहभागितामा चुनावी र्‍याली निकालिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ