arrow

बार्सिलोना र रियाल मड्रिडबीच उपाधिको टक्कर, तालिकामा बार्सिलोना अगाडि उपाधि सम्भावना रियालतिर

logo
प्रकाशित २०७४ वैशाख २४ आइतबार
real-madrid.jpg

क्याम्प नोउ । स्पेनिश लिग ला लिगा फुटबलमा उपाधिको छिनोफानो हुँदै गर्दा बार्सिलोना र रियाल मड्रिडबीच ठूलो टक्कर देखिएको छ ।

३६ खेलबाट बार्सिलोनाको ८४ अंक छ । तर एक खेल कम खेलेको रियाल मड्रिडको पनि ८४ अंक नै छ ।

यो आँकडामा बार्सिलोना अगाडि भए पनि उपाधिको प्रमुख दावेदार भने रियाल मड्रिड नै भएको छ । बार्सिलोनाले अब दुई खेलमात्र खेल्न बाँकी छ ।

रियालले तीन खेल खेल्न बाँकी छ । अन्तिम खेलमा बराबरीमात्र गरे पनि रियाल मड्रिडले उपाधि जित्नेछ । 
शनिबार रातिका खेलमा बार्सिलोना र रियाल मड्रिड विजयी भए । बार्सिलोनाले भिल्लारियललाई घरेलु मैदानमा ४–१ ले हरायो ।

लिओनल मेस्सीले २ तथा नेइमार र लुइस सुवारेजले १–१ गोल गरे । भिल्लारियलका सेड्रिक बाकम्बुले सान्त्वना गोल गरे । 

रियाल मड्रिडले ग्रानाडालाई ४–० ले हरायो । रियाललाई जिताउन जेम्स रोड्रिग्वेज र अल्भारो मोराटाले २–२ गोल गरे । 

Neymar jogs away from goal to celebrate with team-mate Messi after opening the scoring at the Nou Camp

 

Lionel Messi celebrates after putting Barcelona back in front shortly before half-time in the La Liga game against Villarreal 

Neymar got beyond the Villarreal defence before calmly slotting past Villarreal goalkeeper Andres

James Rodriguez celebrates scoring his first goal of the evening against already relegated Granada on Saturday

Rodriguez notched his second just a few minutes later to double Real Madrid's lead over GranadaRodriguez was full of energy at the start of the match and took advantage of poor defending to steal in and score the opener



नयाँ