arrow

पार्टी सभापतिमा उम्मेद्वारी दिन्छु : सुशील कोइराला

logo
प्रकाशित २०७२ पुष १६ बिहिबार
Sushil.jpg.jpeg
श्रीकृष्ण सिग्देल स्याङ्जा । कांग्रेस सभापति सुशील कोइरालाले पार्टीलाई संस्थागत गर्न आसन्न १३ औं महाधिवेशनमा सभापतिको उम्मेद्वारी दिने बताएका छन् ।   ४० औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आयोजित नेपाली काँग्रेस स्याङ्जाको वीपी जीपी स्मृति भवनको उदघाटन गर्दै सभापति कोइरालाले विगतमा आफुले पार्टीलाई संस्थागत बनाउन नसकेपनि १३ औं महाधिवेसनबाट पार्टीलाई संस्थागत बनाउने ठोकुवा गर्दै उम्मेद्वारी निरन्तरताको जानकारी गराए ।
 
१३ औं महाधिवेशन नजिकिदै गर्दा सभापतिमा कोइरालाले फेरी उमेदवारी दिन्छन् वा दिदैनन् भन्ने उत्सुकता कार्यकर्ताहरुलाई भइरहेकै  बेला घुमाउरो भाषामा कोइरालाले फेरि आफु पार्टी सभापतिमा रहेर क्रियाशिल रहने बताए ।  लामो समय महाधिवेसनकै बारेमा बोलेका कोइरालाले मुलुकको हरेक समस्या काँग्रेसकै नेतृत्वमा वार्ता र सम्वादबाट समाधान हुदै आएकाले मधेशको समस्या पनि काँग्रेसकै नेतृत्वमा छिट्टै समाधान हुने बताए । आफुलाई स्वास्थ्य विग्रेको र क्रियाशिल राजनीतिबाट कमजोर बनाउन खोजेको भन्दै सभापति कोइराला आक्रोश पोखे । 
मुलुकलाई शान्ति स्थायीत्व र संविधान कार्यान्वयन गर्न बाँकी रहेको भन्दै सभापति कोइरालाले आफुलाई लागेको सबै रोग निको भएकाले अब १३ औं महाधिवेशनबाट काँग्रेस एक ढिक्का हुने बताए । १२औं महाधिवेशन एकताको महाधिवेसन भनिएपनि आफुलाई असहयोग गरेका कारण पार्टीमा भने जस्तो काम गर्न नसकेको स्वीकार्दै आफुले कुनै गल्ति गरेको भए साथीहरु र कार्यकर्ताहरुले भन्नु पर्ने प्रति प्रश्न कोइरालाले गरे । 
 
राष्ट्रिय एकता र मेलमिलापकै नीतीले देशको सबै समस्या हल हुदै आएको स्मरण गराउदै सभापति कोइरालाले आफ्नो नेतृत्वमा रहेको काँग्रेस दोस्रो संविधान सभामा ठुलो पार्टी भएको खुलाए । काँग्रेसले कुनै कार्यकर्ता र नेपाली जनताको शिर निहुराउने काम नगरेको ठोकुवा गर्दै सभापति कोइरालाले धम्काउने जमाना गएको भन्दै आपसी छलफलबाट देशको समस्या र पार्टीको १३ औं महाधिवेशनको निकास निस्कने बताए । वामशक्तिहरु एक ढिक्का भएका बेला लोकतन्त्रको हिमायती नेपाली काँग्रेस मात्रै भएको बताउदै कठिन परिस्थितिमा काँग्रेसी कार्यकर्ताहरु समेत फुटेर नभई जुटेर लाग्न कोइरालाले आग्रह गरे ।
 
मुलुकमा प्रजातन्त्र र लोकतन्त्र प्राप्तीका लागि लड्दै आएको बताउदै कोइरालाले मुलुकलाई स्वतन्त्र बनाउने लडाइमा आफुले पढ्न नपाएको स्मरण समेत गरे । आफ्नै नेतृत्वमा दोस्रो संविधान सभामा पार्टीलाई अग्रस्थानमा ल्याउँदा समेत प्रधानमन्त्री पदमा आफ्नै पार्टी भित्रबाट असहयोग भएको खुलासा गर्दै सभापति कोइरालाले तत्कालिन परिस्थितिमा अन्य कारणले मात्रै आफु प्रधानमन्त्री हुन सकेको जिकिर गरे । पार्टी भित्रको आन्तरिक गुटबन्दी अन्त्य हुनुपर्नेमा सबै नेता तथा कार्यकर्ताहरुलाई कोइरालाले सुझाए ।  कार्यक्रममा नेपाली काँग्रेसका पूर्व उपसभापति तथा साँसद गोपालमान श्रेष्ठले अबको काँग्रेस युवा पुस्तामा जानुपर्ने बताए ।
 
स्याङ्जा काँग्रेसलाई जिवन्त र क्रियाशिल बनाउन आफुले महत्वपूण भुमिका निर्वाह गरेको श्रेष्ठले बताए । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य वालकृष्ण खाँण, सशाङ्क कोइराला, चन्द्रमोहन यादव, किरण यादव, राजु थापा, पूर्व सभाषद मोहनप्रसाद पाण्डे, भवन निर्माण समितिका संयोजक खगेन्द्रराज रेग्मी, काँग्रेस स्याङ्जाका कार्यबहाक सभापति मुक्तिप्रसाद रेग्मी लगायतका वक्ताहरुले काँग्रेस भित्रको गुटबन्दीले काँग्रेसलाई कमजोर बनाएको बताए । १३ औं महाधिवेसनमा ३ नेता छलफलबाटै नेतृत्व लिन पनि वक्ताहरुले आग्रह गरे । नेपाली काँग्रेस स्याङ्जाले करिव ८ वर्ष लगाएर निर्माण गरेको वीपी जीपी स्मृति भवन करिब १ करोड २० लाख लागतमा बनेको हो । भवन सुशील कोइराला पार्टीको कार्यवहाक सभापति हुदा शिलान्यास भएको थयो । कोइराला सभापति हुदाँ भवन उद्घाटन भयो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ