arrow

आइपीएल क्रिकेटमा मुम्बईमाथि हैदराबादको जित, बन्दै प्लेअफ समिकरण

कोलकाता र पंजाबको खेल निर्णायक बन्दै 

logo
प्रकाशित २०७४ वैशाख २६ मंगलबार
mumbai-haidarabad.jpg

हैदराबाद । भारतमा भइरहेको आइपीएल टी–२० क्रिकेटको ४८ औं खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । 
हैदराबादले लिगको शीर्ष स्थानमा रहेको मुम्बई इन्डिन्सलाई ७ विकेटले पराजित गरेको हो । मुम्बईले पहिले ब्याटिङ गर्दै ७ विकेट गुमाएर १३८ रन बनायो । 
कप्तान रोहित शर्माले ४५ बलमा २ छक्का र ६ चौकाको मद्धतले ६७ रन बनाए । सिद्धार्थ कौरले ३ विकेट लिए । 
जवाफमा हैदराबादले शिखर धवनको नटआउट ४६ बलमा ४६ तथा मोइसेस हेन्रिकको ३५ बलमा ४४ रनको मद्धतले १८.२ ओभरमा ३ विकेटको नोक्सानीमा जित पायो । 

धवन म्यान अफ द म्याच भए । यो खेलपछि हैदराबाद प्लेअफ नजिक पुगेको छ । मुम्बईको १२ खेलबाट १८ अंक छ । कोलकाता नाइट राइडर्सको १२ खेलबाटै १२, राइजिङ पुने सुपर जाइन्टको १६ र एक खेल बढी खेलेको हैदराबादको १५ अंक छ । 

मंगलबार कोलकाता र किंगस इलेभेन पंजाब भिड्दै छन् । यो खेलमा विजयी भए पंजाबको प्लेअफ सम्भावना कायमै हुनेछ । 

यो खेलमा पंजाब पराजित भए प्लेअफ समिकरण पूरा हुनेछ । शीर्ष चारमा रहेका टिम नै प्लेअफमा पुग्नेछन् । 

गुजरात लायन्स, दिल्ली डेयर डेभिल्स र रोयल च्यालेन्जर्स बैंगलोर भने बाहिरिएका छन् । 

 



नयाँ