arrow

नेपाली पोशाकमा रमाए युवा

logo
प्रकाशित २०७२ पुष १७ शुक्रबार
Topy-day-ful.jpg.jpeg
काठमाडौ । नेपाली पोशाकलाई प्रवद्र्धन गर्ने उद्धेश्यले आज देशविदेशमा रहेका नेपालीहरुले नेपाली पोशाक लगाएर सार्वजनिक कार्यक्रमहरु सहित नेपाली पोशाक दिवस मनाएका छन् ।
 
केही बर्ष पहिले नेपाली टोपी दिवसको रुपमा सुरु भएको यो दिवसलाई अहिले नेपाली पोशाक दिवसको रुपमा मनाउन थालिएको छ । पोशाक दिवसलाई सरकारले औपचारिकता नदिएपनि नागरिकहरुले स्वतःस्फुर्त रुपमा दिवस मनाउदै आएका छन् । 
 
समाजिक संजालबाट कार्यक्रम तय गरी राजधानीको माईतीघरमा भेला भएका युवाहरुले बसन्तपुर सम्म र्याली गरेका थिए । र्यालीमा सहभागी युवाहरुले नेपाली टोपीका साथै अन्य नेपाली पोशाकहरु पनि लगाएको र्यालीमा सहभागी गोविन्द गिरीले जानकारी दिए । “महिलाहरुले पनि टोपी लगाएका थिए, भने जातिय पोशाक पनि लगाएका थिए, र्यालीमा झण्डै २ सय जनाको सहभागीता थियो”, उनले भने । 
 
राजधानीमै अन्य ठाउहरुमा पनि युवाहरुले साँझ सम्म गर्नेगरी विभिन्न कार्यक्रमहरु तय गरिएको बताएका छन् भने राजधानी वाहिर र नेपाल वाहिर पनि विभिन्न कार्यक्रमहरुको आयोजना भएका छन् ।  अमेरिकामा पनि विभिन्न कार्यक्रम गरी टोपी दिवसको रुपमा आजको दिनलाई मनाउन लागिएको कलाकार रामप्रसाद खनालले बताए । टोपी लगाएको मान्छे देख्नासाथ जुनसुकै देशका मान्छेलेपनि नेपाली भनेर चिन्ने भएकाले टोपी नेपालीको अन्तराष्ट्रिय पहिचान बनेको उनको भनाई छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ