arrow

राजेन्द्र महतोको स्वास्थ्य नाजुक, दिल्लीमै हुने भो उपचार

logo
प्रकाशित २०७२ पुष १७ शुक्रबार
Rajendra.jpg.jpeg
काठमाडौं । विराटनगरको जोगवनी नाकाकाे धर्नामा भएको झडपमा परी घाइते भएका सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्य नाजुक भएपछि थप उपचारका लागि दिल्ली लगिएको छ । शुक्रबार अपरान्ह ४ बजे इन्डियन एयरलाइन्सको जहाजबाट महतोलाई दिल्ली लगिएको सहअध्यक्ष लक्ष्मण लाल कर्णले हाम्राकुरा डटकमलाई जानकारी दिए ।
 
महतोको उपचार दिल्ली स्थित मेदान्त अस्पतालमा उपचार हुने बताइएको छ । आफ्ना माग सम्बोधन र सधेसको समस्या समाधान नभए सम्म काठमाडौमा पाइला नटेक्ने घोषणा गरेका महतो विरामी भएपछि काठमाडौं फर्किएका छन् । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका महतोलाई शुक्रबार दिउँसो मात्रै माउन्टेन एयरको हेलिकोप्टरबाट काठमाडौ ल्याइएको हो । 
 
गएको शनिबार जोगवनी नाकामा मोर्चा कार्यकर्ता र भएको झडपमा घाइते भएका सद्भावना पार्टीका अध्यक्ष महतोलाई तत्काल विराटनगरको गोल्डेन गेट अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थमा सुधार नआएपछि महतोलाई केही दिनपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । महतोको टोउका, हात र खुट्टामा चोट लागेको छ ।
 
सद्भावनाका सहअध्यक्ष कर्णले झडपमा लागेको चोट निको नभएको बताए पनि घाउ सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । महतोको पुरानै रोग रक्तचाप र सुगर बढेपछि थप उपचारका लागि दिल्ली लगिएको बताइएको छ । आन्दोलनत मोर्चाका नेताहरुले १९ पुस पछि आन्दोलनको स्वरुप परिवर्तन गर्ने बताइरहेका बेला महतो भने उपचार गर्न दिल्ली लागेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ