arrow

गृह जिल्लामै पर्यटन मन्त्रीलाई कालोझण्डा

logo
प्रकाशित २०७२ पुष १७ शुक्रबार
1978641_1015574065151646_5480430187910696584_n---Copy.jpg.jpeg
दोलखा । प्रस्तावित फिल्म सिटी अन्यत्र सार्ने सरकारी प्रयासको विरोधमा सदरमुकाम चरिकोटको सातदोवाटोमा स्थानीयहरुले नागरिक उड्डयन तथा पर्यटन मन्त्री आनन्द पोखरेललाई कालोझण्डा देखाएका छन् । शुक्रबार जनताको संविधान जनताको माग का लागी पयर्टन मन्त्री सदरमुकाम चरिकोटमा मध्यान्ह कालोझण्डा देखाएका हुन् ।
 
कालोझण्डा देखाउने क्रममा प्रहरी र स्थानियविच केही समय तनाब भएको थियो । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले दोलखाको लाकुरीडाँडास्थित डाङडुङेमा प्रस्तावित फिल्म सिटीलाई अन्यत्र सार्ने अभिव्यक्तिको विषयमा कुनै प्रतिक्रिया नदिएको भन्दै पर्यटन मन्त्री हुँदा समेत यसको विरोध नगरेकोे भन्दै आक्रोशित भएका हुन् । फिल्म सिटी बेच्न पाइदैन्,बतमान सरकार चाहिदैन जस्ता नाराबाजी गरेका थिए ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीले दोलखाको लाकुरीडाँडास्थित डाङडुङेमा प्रस्तावित फिल्म सिटीलाई अन्यत्र सार्ने अभिव्यक्ति दिएपछि आन्दोलित दोलखाबासीले गृहजिल्लामै मन्त्री पोखरेललाई कालोझण्डा देखाएर नाराबाजी गरेका हुन्। बिहीबारमात्रै लाकुरीडाँडास्थित स्थानीयबासीले प्रधानमन्त्री केपी ओलीले फिल्म सिटी सार्ने अभिव्यक्ति दिएपछि नेपाली कांग्रेस दोलखाको अगुवाई आन्दोलित भएक हुन्। दोलखामा निर्माणको तयारी भईरहेको फ्लिम सिटीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अन्यत्र सार्ने अभिव्यक्ती दिएको भन्दै गत मंगलबार चरिकोटमा उनको बिरोध भएको थियो।  
 
दोलखाको लाँकुरीडाँडा गाविस स्थित डाङडुङे डाँडामा अन्तराष्ट्रिय स्तरको फ्लिम सिटी निर्माण गर्नका लागी चलचित्र बिकास बोर्डले प्रक्रिया अघि बढाईसकेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबार बालुवाटारमा आयोजित एक कार्यक्रममा दोलखामा फ्लिम सिटी बन्न नसक्ने दाबी गर्दै त्यसलाई पश्चिमाञ्चाल क्षेत्रमा सार्ने अभिव्यक्ती दिएका थिए । ओलीले दोलखामा टुङगो लागेको आयोजनालाई विफल पार्ने षड्यन्त्र गरेको आरोप लगाउदै  नेपाली कांग्रेस दोलखाले मंगलबार चरिकोटमा उनको पुत्ला दहन गरेका थिए ।  स्थानिय प्रशासनले आन्दोलनलाई ध्यान दिदै ब्यापक प्रहरी परिचालन गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ