arrow

सरकारको सय दिन नपुग्दै पछुताउदै ओली

logo
प्रकाशित २०७२ पुष १७ शुक्रबार
KP-oli-talking.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव तथा प्राथमिकता प्राप्त आयोजनाको प्रगति सन्तोषजनक नदेखिएकाले थप क्रियाशीलताका साथ काम गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले भने,“जुन रुपमा आयोजनाहरुको प्रगति हुनुपर्दथ्यो, त्यो देखिएन, म आयोजना कार्यान्वयन गरिरहेका सम्बन्धित मन्त्रालयलाई थप क्रियाशीलताका साथ काम गरी आयोजनाहरुको उद्देश्य प्राप्त गर्न आग्रह गर्दछु ।” राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोगद्वारा आयोजित समितिको ३५ औँ बैठकमा बोल्दै भने, “ विकासका काममा ढिलासुस्ती गर्नेमाथि मात्र कारबाही नगरी काम नगर्नेमाथि पनि कारबाही गरिन्छ ।”
 
राष्ट्रिय गौरवका २१ वटासहित चालु आव २०७२/७३ मा ४६८ आयोजना सञ्चालनमा रहेका छन् । भूकम्प, इन्धनको अभाव, निर्माण सामग्रीको अभाव, मुआब्जा वितरणलगायतका करणले आयोजनाहरुको प्रगति सन्तोषजनक नदेखिएको हो । सरकारले दुई वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर, एक वर्षभित्र विद्युत्भार कटौती अन्त्य र औद्योगीकरणलाई जोड दिएको उल्लेख गर्दै भने, “जनताले कर्मचारीबाट फटाफट काम होस् भन्ने चाहन्छन, सरकारले सबै किसिमका विकास आयोजना सञ्चालन गरिदियोस् भन्ने चाहना राख्दछन् त्यो पूरा गर्नु हामी सबैको दायित्व हो ।” 
 
प्रधानमन्त्री ओलीले भूकम्पपीडित जनताका संवेदशीलतालाई सरकारले गम्भीरतापूर्वक बुझेको चर्चा गर्दै थप राहत तथा पुनःनिर्माणका काम सुरु गर्न लागेको जानकारी दिए । पुनःनिर्माण प्राधिकरणले आफ्नो काम सुरु गरिसेकेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने “अब छिट्टै जनताले नयाँ अनुभूत गर्न पाउनेछन् ।” नयाँ संविधान प्राप्त गर्न नेपाली जनताले जस्तो समस्या झेल्नुपर्यो‍, नयाँ संविधान कार्यान्वयन गर्न चुनौती नरहेको प्रधानमन्त्री ओलीले उल्लेख गरे । उनले छिट्टै देशमा सहज परिस्थिति आउने विश्वाससमेत व्यक्त गरेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ