प्रिमियर लिग फुटबलको उपाधि चेल्सीलाई, दुई खेलअघि नै उपाधि
प्रकाशित २०७४ वैशाख ३० शनिबार
419
Shares
दि हथोर्नस्। इङलिश प्रिमियर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ। शुक्रबार राति भएको ३६ औं खेलमा वेष्टब्रोमविच आल्बियनमाथि १–० को जित हासिल गर्दै चेल्सीले दुई खेल खेल्नुअघि नै उपाधि जितेको हो। वेष्टब्रोमको मैदानमा चेल्सीलाई ८२ औं मिनेटको उत्तम साइतमा मिची बाट्सुआईले निर्णायक गोल गरे। यो उपाधिसंगै चेल्सी म्यानेजर एन्टोनियो कोन्टेको महत्व पनि चुलिएको छ।
यता, टोटनह्याम हटसपर भने उपाधि नजिक पुगेर पनि स्तव्ध हुन पुगेको छ। ७७ अंकका साथ टोटनह्याम दोस्रो स्थानमै रहेको छ। चेल्सीको भने ३६ खेलबाट ८७ अंक भएको छ। तेस्रो स्थानका लागि भने लिभरपुल, म्याचेष्टर सिटी, आर्सनल र म्यानचेष्टर युनाइटेडबीच प्रतिस्पर्धा चलिरहेको छ।
डिफेन्डिङ च्याम्पियन लेस्टर सिटी भने नवौं स्थानमा छ।