arrow

मुगुमा मतपेटिका र मतपत्र लुटियो

logo
प्रकाशित २०७४ वैशाख ३० शनिबार
ballate_box.JPG

मुगु । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेकपाका कार्यकर्ताले मुगुमा मतपेटिकासहित निर्वाचन सामग्री लुटेका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार उनीहरुले मतपेटिका, मतपत्र लगायतका सामग्रीहरु लुटेका हुन् । । उनीहरुले प्रहरीको हेन्डसेट चार्जर समेत तोडफोड गरेका छन् ।

छायाँनाथ–रारा नगरपालिका वडा नम्बर १२ को नेरा निम्न माध्यामिक विद्यालयमा राखिएको केन्द्रबाट निर्वाचन सामग्री लुटिएको प्रहरीले जनाएको छ । मतदान केन्द्रमा खटिएका कर्मचारी खाना खान गएको मौका छोपी हातहतियारसहित आएकाहरुले सामग्री लुटेको प्रहरीको भनाई छ ।

सामग्री लुटिएपछि जगेडा निर्वाचन सामग्री ल्याउने प्रयत्न भइरहेको र सुरक्षाकर्मीको संख्या बढाइएको असई भीमबहादुर शाहीले बताएका छन् । उनका अनुसार निर्वाचन सामग्री नयाँ आउने भएकाले मतदान नरोकिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ