arrow

प्रधानमन्त्रीको अभिब्यक्तिको पर्यटन मन्त्रीले गरे खण्डन

logo
प्रकाशित २०७२ पुष १७ शुक्रबार
Aananda-Prasad-Pokharel.jpg.jpeg
श्यामप्रसाद खतिवडा,दोलखा । प्रधानमन्त्री केपी ओलीले फिल्म सिटी दोलखामा बन्नै नसक्ने बताएको केही दिन नवित्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रि आनन्दप्रसाद पोखरेलले आफ्नै सरकारका प्रधानमन्त्रीको उक्त अभिब्यक्तिको खण्डन गर्दै फिल्म सिटी दोलखामा नै वन्ने दावी गरेका छन् ।
 
जिल्ला विकास समिति दोलखाले आयोजना गरेको जनताको संविधान जनताको माझ विषयक अन्र्तक्रिया कार्यक्रममा मन्त्रि पोखरेलले यस्तो वताएका हुन् । मन्त्रि पोखरेलले फिल्म सिटीको लागि दोलखा लाकुरीडाँडाको भुगोल अत्यन्त उपयुक्त भएकाले अन्ततः सोहि ठाँउमा वन्ने ठोकुवा गरे । मन्त्रि पोखरेलले दोलखा पर्यटकिय हिसावले पनि अत्यन्त उपर्युक्त भएकाले चलचित्रसँग सम्वन्धित फिल्म सिटी दोलखामा वन्दा जिल्लामा पर्यटन क्षेत्रको अझ वढि विकास हुने बताए ।
 
यद्दपी उनले प्रधानमन्त्रि केपी शर्मा ओलीले फिल्म सिटी अन्यत्र सार्ने विषयमा दिएको अभिव्यक्तिका बारे केही केही बोलेनन् । मन्त्रि पोखरेलले नेपाली काँग्रेसका कार्यकर्ताले नवुझेर यो प्रक्रियाको विरोध गरेको बताए । नेपाली कांग्रेस दोलखाका कार्यकर्ताले मन्त्रि पोखरलाई कार्यक्रम स्थलमा जानुपुर्व कालो झण्डा देखाएर विरोध जनाएका थिए ।
 
कालोझण्डा देखाँउदै  नेपाल विद्यार्थी संघका केन्द्रिय नेता कुन्दन काफ्लेले आफु पर्यटन मन्त्रि छँदा पनि प्रधानमन्त्रिको अभिव्यक्तिमा कुनै पनि विरोध नजनाएको र जिल्लाको विकास अन्यत्र सार्न लाग्दा मुकदर्शक वनेर वसेकाले पर्यटन मन्त्रिको विरोध गर्नुपरेको बताएका छन् ।   
 
जनताको संविधान जनताको माझ विषयक अन्र्तक्रिया कार्यक्रममा पर्यटन मन्त्रि आनन्द पोखरेल दोलखाका सभासदहरु पशुपति चाँैलागाइ पार्वत गुरुङ लगायतले संविधान कार्यान्वयनको लागि संवाद कार्यक्रम अपरिहार्य भएको वताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ