arrow

खेलाडी किनबेच सिजन सुरु, चेल्सी र म्यानयु स्तरीय खेलाडी खोज्दै

logo
प्रकाशित २०७२ पुष १७ शुक्रबार
january.jpg.jpeg
एजेन्सी । अंग्रेजी नयाँ वर्ष सुरु भएसंगै युरोपियन फुटबलको बजारमा खेलाडी किनबेचको सिजन आरम्भ हुँदैछ । ‘ट्रान्सफर विन्डो’ नामले चिनिने सो सिजनमा युरोपीयन क्लबहरुले उत्कृष्ठ फर्ममा रहेका खेलाडीलाई स्थायी वा अस्थायी करारमा अनुबन्ध गर्ने क्रम चल्दछ । 
 
अंग्रेसी पात्रोअनुसार जुन, जुलाई र अगष्ट तीन महिनाको समय ट्रान्सफर विन्डोकै रहने गरेको छ । यद्यपि, जनवरीमै खेलाडी किनबेचको बाटो खुला हुने गरेको छ । अघिल्लो सिजन निकै खेलाडी किनबेच गरेको शीर्ष क्लबहरु यसपटक प्रतिष्ठीत फुटबल प्रतियोगितामा खस्किएका छन् । 
यस्तै, ट्रान्सफर विन्डोको यो सिजन इङ्गलिश क्लबहरुले बढीनै कारोबार गर्ने अनुमान छ । किन कि प्रिमियर लिगकै प्रदर्शनले कतिपय टिम व्यवस्थापक र प्रशिक्षकको जागिर संकटमा परेको छ । सोही आधारमा समेत खेलाडी किनबेच अत्यधिक हुने देखिन्छ । 
 
अघिल्लो दुई सिजन यता लगातार एक सय २० मिलियन पाउण्ड स्टर्लिङ बराबरम खेलाडी किनबेच भयो । यसपटक सोही अनुपातमा कारोबार हुन सक्ने सम्भावना रहेको फुटबल पण्डितहरु बताउँछन् । खास गरेर यो सिजन इङ्गलिश क्लबमा खराब लयमा रहेको चेल्सी र म्यानचेस्टर युनाइटेडले स्तरीय खेलाडी भित्र्याउन बढी खर्च गर्ने देखिएको छ । गत सिजनमा प्रिमियर लिग कब्जा गरेको चेल्सीले प्रशिक्षक जोजे मौरिन्होलाई गुमाइसकेको छ ।
 
यो मध्य सिजनमा चेल्सी र म्यानयुलाई चाहे अनुसारको स्तरीय खेलाडी उपलब्ध हुने सम्भावना निकै न्यून देखिएको छ । ती दुबैले रक्षापंक्ति र आक्रमण पंक्तिलाई केही सुदृढ पार्ने योजना अघि सारिसकेका छन् । गत सिजन सबैभन्दा बढी खेलाडी किनबेच गरेको म्यान्चेस्टर सिटीले प्रिमियरसिपमा सुरुआतमा राम्रो गरेपनि मध्यान्तरतिर लय गुमाएको छ । सिटीले फेरि एकपटक खेलाडी किनबेचमा हेरफेर गर्ने मनसाय बनाएको छ । यस्तै, अन्य इङ्गलिश टोलीले समेत पुनःविचार गर्ने जनाउ दिइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ