arrow

दोलखामा कहाँ कहाँ भयो झडप ?

logo
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
Dolakha_District.png

काठमाडौं। स्थानिय तहको चुनावमा दोलखामा सबैभन्दा वढी तनाव देखिएको छ। दोलखाका विभिन्न गाउँपालिकामा स्थिति तनावग्रस्त भएको हो। केहि ठाउँमा गोली चलेको छ भने केहि ठाउँमा मतदान रोकिएको छ। मतदान रोकिएको ठाउँमा पुन सञ्चालनको प्रयास भएको छ। 

वैतेश्वर
दोलखाको वैतेश्वर गाउँपालिकाको पुतलीकाठ मतदान केन्द्रमा वुथ कव्जा गरेका एमालेका कार्यकर्ता र गुण्डाहरुलाई स्थानिय जनता र मतदान गर्न गएका मतदाताहरुले प्रतिकार गरि भगाइदिएका थिए। प्रहरीले समेत वुथ कब्जा गर्नेहहरुलाई भगाउन ४ रायण्ड हवाइ फायर गरेको थियो। 

स्थानियले हतियारधारीहरुसँग प्रतिकार गर्दा केहि हतियारधारी र केहि स्थानिय घाइते भएका छन् । प्रतिकारका क्रममा एमाले कार्यकर्ताले काँग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार गरेका छन् । जसमा ४ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि चरिकोट लगिएको स्थानिय पत्रकार लाल कुमार तामाङले जानकारी दिएका छन्। 

बैतेश्वर गाउँपालिकाको गैरीमुदीमा पनि एमाले कार्यकर्ताले काँग्रेस कार्यकर्तामाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्दा चार जना घाइते भएका छन् । उनीहरुको टाउको हात र खुट्टामा चोट रहेको छ। जीवन तामाङको टाउकोमा खुकुरी हानिएको छ भने लाल बादुर तामाङमाथि पनि खुकुरी हानिएको छ। किरन तामाङ र पर्शुराम तामाङको खुट्टा भाँचिएको छ । 

भुसाफेदा
शैलुङ गाउपालिकाको भुसाफेदामा काँग्रेस र एमालेका कार्यकर्ताबीच तनाव वढ्दै जाँदा मतदान स्थगित भएको छ। दुई पक्षबीच विवाद बढ्दै जाँदा हात हालाहाल भएपछि प्रहरीले हवाइ फायर गरेको थियो। मतदान स्थगित भएपछि सबै पार्टीका प्रतिनिधीहरुलाई राखेर चुनाव सुचारु गराउने प्रयास भइरहेको छ। 

क्षेत्रपा
वैतेश्वर गाउँपालिका ८ क्षेत्रपामा एमाले र काँग्रेसबीच झडप भएको छ। झडपपछि मतदान स्थगित भएको छ। 

सहरे
अर्काको नाममा मत हाल्न आएका फर्जी व्यक्तिलाई रोक्न खोजेको प्रहरीलाई नै एमाले कार्यकर्ताले कुटेका छन्। एमाले कार्यकर्ताले प्रहरी हवल्दार माथी हातपात गरेपछि दोलखा तामाकोशी गाउँपालिकाको शहरेमा स्थिति तनावग्रस्त भएको छ। प्रहरीले स्थिति तनावग्रस्त भएपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ। प्रहरीको गोली लागि एक महिला घाइते भएकी छन्। उनको देव्रे तिघ्रामा गोली लागेको छ। 

विगु आलम्पु
विगु गाउँपालिकाको आलम्पुमा पनि काँग्रेस एमालेका उमेद्वारबीच नै भएको झडप पछि सहमतिमा टुङगिएपछि मतदान शुरु भएको छ। 

एमालेका उमेद्वारहरु वुथ छोडे
एमाले दोलखाका अध्यक्ष तथा तामाकोशी गाउँपालिकाका अध्यक्षका उमेद्वारले काँग्रेस र माओवादीले वुथ कब्जा गरेको आरोप लगाउँदै वुथ छोडेर हिडेका छन्। यद्यपी स्थानिय मतदाताहरुले भने मतदान गरिरहेको स्थानिय पत्रकार रविन्द्र गौतमले जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ