प्रसन्न बुढो पुस्ता : छोरा नातीलाई आशिर्वाद दिन मतदानस्थलसम्म आएँ
आयोगलाई मतदाताले भने- ७ ठाउँमा छाप लगाउन मसी नै पुगेन, पटक–पटक कति चोप्नु
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
807
Shares
कास्की । पहिलो चरणको स्थानीय तह निर्वाचनमा मतदाता उत्साहपूर्वक सहभागि भएका छन् । पर्यवेक्षणमा खटिएका संस्थाहरुले नयाँ पुस्तामा त ऊर्जा हुने नै भएको पुरानो पुस्तामा झन् उत्साह रहेको बताएका छन् ।
क्षेत्रीय स्तरको पर्यवेक्षणका लागि कास्की पुगेका राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले पुरानो पुस्तामा चुनावको उत्साह बढी देख्दा आफु चकित भएको बताए । उनले भने, ‘हामीले यसअघि पनि चुनावको पर्यवेक्षण गरेका थियौँ । वृद्धवृद्धाहरुमा त्यति धेरै ऊर्जा थिएन । यो स्थानीय तहको निर्वाचनमा आश्चर्यजनक उत्साह देखियो ।’ आफुले मतदातासँग कुरा गरेको बताउँदै सदस्य पाठकले भने, ‘उहाँहरुले छोरा नाती सबैलाई आशिर्वाद दिन आएँ भन्नु भो । निकै हर्सित हुनुहुन्थ्यो उहाँहरु ।’ हामीले जानकारी पायौँ एक सय १५ वर्षीया बाटुली लामिछानेले समेत मतदान गर्नु भो ।
यस्तै, मानवअधिकारवादी पाठकले मतदाताहरुमा निर्वाचन शिक्षाको कमि नरहेको बताए । उनले भने, ‘हामीले भनिरहेका थियौँ । मतदाता शिक्षाको कमि रहयो । धेरै म तबदर हुन्छ । म लेखनाथमा जाँदा त्यस्तो देखिएन । विगतका निर्वाचन भन्दा प्रष्ट देखिए मतदाता । विगतमा जस्तो अनविज्ञता देखिएन ।’
स्वस्तिक छाप मसीमा एक पटक चोपे पुग्ने बनाइयोस्
मतदाताले निर्वाचन आयोगको अन्य कुनै तयारीमा गुनासो गरेनन् । यद्यपि, मूख्यतः आफुलाई मन परेको उम्मेद्वारलाई मत किटान गर्ने स्वस्तिक छाप मसीदानीमा एक पटक चोपे पुग्ने हुनु पर्ने थियो, भने । मतदाताले भनेका छन्, ‘छाप मसीमा एक पटक चोप्दा एकै पटक मात्रै पुगिरहेको छ । तर, छाप ७ ठाउँमा लगाउनु पर्ने भएकाले पटक–पटक मसीमा चोप्नु पर्ने देखियो । यसले मसी लतपत हुने र समय बढी खर्च भइरहेको छ ।’ दोस्रो चरणमा यस्तो नहोस् भन्दै मतदाताले आयोगलाई सुझाव दिएका छन् ।