- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दोलखा । दोलखाको मेलुङ गाउँपालिका –१ पवटीमा मतदान केन्द्रमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीले गोली चलाएपछि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको टोली सेनाको हेलिकोप्टर लिएर पवटी पुगेकाे छ ।
हाम्राकुरासँग प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भने, ‘मतपेटीका लुट्न आएको समूलाई धपाउन खोज्दा जबरजस्ती गरिएपछि गोली चलाएको र एक जनाको मृत्यु भएको खबर आयो । मृतक पुरुष हुन् । अन्य विवरण आउन बाँकी छ ।’ मत पेटिका लुटिएको खबर पनि आएको छ । मतपेटिका लुटिएको नलुटिएको बारे त्यही पुगेपछि थाहा हुने उनले बताए । यस्तै, मतपेटिका लुट्न आएको समूहको पहिचान नभएको प्रजिअ बोहराले बताए ।
उनले भने, ‘मतपेटिका बचाउन नसकिने स्थिति आएपछि गोली चलाउनु पर्ने अवस्था आएको हो ।’ प्रहरीको गोली लागेर १० जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था जटिल रहेको बताइएको छ । गोली प्रहरी निरीक्षक विनोद सुनुवारले हानेको खुल्न आएको छ ।
हेलिकोप्टरले घाइतेलाई सदरमुकाम लिएर अाउने बताइएकाे छ ।