arrow

निर्वाचन मतगणना : ललितपुरमा आज, काठमाडौंमा भोलि !

logo
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
election-local-2017.jpg

काठमाडौं। स्थानीय तहको निर्वाचनको मत गणना काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकामा फरक फरक दिनमा हुने भएको छ। सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकृतहरुले दिएको जानकारी अनुसार काठमाडौं महानगरपालिकाको मत गणना आईतबार नै हुने सम्भावना न्यून रहेको बताएका छन्।

काठमाडौं महानगरपालिकाका निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीका अनुसार महानगरको मतगणना आईतबार नै सुरु हुने सम्भावना कम नै रहेको छ। उनले आफुहरुको कर्मचारी यत्रतत्र छरिएको र उनीहरु आएपछि पनि मत गणनाको लागि तालिम दिनुपर्ने र सबैदलीय निर्णय समेत गराउनुपर्ने भएकोले आईतबार नै मत गणना सुरु हुने सम्भावना कम रहेको उनको तर्क छ। 

त्यस्तै, ललितपुर महानगरपालिकाले भने आज नै राती १० बजेसम्ममा निर्वाचन मत गणना सुरु गरिने तयारी भईरहेको छ । सो को लागि अहिले व्यापक रुपमा मतदान केन्द्रहरुबाट मतपेटिकाहरु ओसार्ने काम भईरहेको छ । मतपेटिका आईसकेपछि सर्वदलीय निर्णय गराएर आईतबार नै मतगणना सुरु गरिने तयारी भईरहेको जिल्ला निर्वाचन कार्यालय ललितपुरले जानकारी दियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ