पहिलो चरणको निर्वाचन पछि आयोगको पत्रकार सम्मेलन (भिडियो)
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
566
Shares
काठमाडौं । पहिलो चरणको निर्वाचन सकिएपछि निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी निर्वाचनको विषयमा जानकारी दिएको छ । आईतबार मुलुकको ३ प्रदेश र ३४ जिल्लामा भएको पहिलो चरणको स्थानीय निर्वाचन पछि आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ।
पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले स्गानीय तहको पहिलो निर्वाचनमा ७१ प्रतिशत मत खसेको जनाएको छ । आयोगले पत्रकार सम्मेलनमार्फत् कूल २ सय ८१ स्थानीय तहका जम्मा ३ वटा मतदान केन्द्रमा मात्रै निर्वाचन स्थगित भएको यादवले जानकारी दिए ।