arrow

के भूकम्पपीडितकाे हातमा दश दिनभित्र राहत पुग्ला त

logo
प्रकाशित २०७२ पुष १७ शुक्रबार
@-aandolan.jpg.jpeg
काठमाडौ। सरकारले भूकम्पपीडितलाई जाडोमा न्यानो लुगा किन्न वितरण गर्ने भनी घोषणा गरेको रु १० हजार राहत अबको १० दिनभित्र वितरण गरिसक्ने भएको छ ।
 
गृह मन्त्रालयमा शक्रबार भएको केन्द्रीय दैवीप्रकोप उद्धार समितिको बैठकले सो समयभित्र रकम वितरण गरिसक्ने निर्णय गरेको मन्त्रालयका सहसचिव रामेश्वर दङ्गालले बताए । रकम वितरणलाई तीव्रता दिन समितिले जिल्लामा सो कार्यका लागि प्रअिज र स्थानीय विकास अधिकारीलाई निर्णय गरेर जुनसुकै सरकारी कार्यालयका जनशक्ति र स्रोतसाधन परिचालन गर्न सक्ने अधिकार दिएको छ । 
 
पौने तीन लाखले पाए 
सरकारले शुक्रबारसम्म भूकम्प प्रभावित २३ जिल्लाका दुई लाख ७० परिवारलाई रकम वितरण गरिसकेका छ । सरकारले हालसम्म भूकम्प प्रभावित जिल्लामा राहत र उद्धारका लागि हालसम्म रु छ अर्ब निकासा गरिसकेको छ । राहतका लागि बाँकी अपुग रकम रु डेढ अर्ब रकम अर्थ मन्त्रालयले तत्काल निकासा गर्ने भएको विपद् व्यवस्थापन महाशाखाका प्रमुख दङ्गालले राससलाई जानकारी दिए ।
 
समितिले केही दिनअघि भूकम्प प्रभावित जिल्लामा पठाएको करिब २५ हजार थान कम्बल प्रभावित क्षेत्रका विपन्न, गरिब, दलित, वृद्धवृद्धा, सुत्केरी र बिरामीलाई प्राथमिकतामा राखी वितरण गर्न निर्देशन दिएको छ । बैठकले प्रभावित जिल्लामा मौज्दात रहेका कुनै पनि राहत तथा खाद्य सामग्रीलाई प्राथमिकता र आवश्यकताका आधारमा तत्काल वितरण गर्न जिल्ला दैवीप्रकोप उद्धार समितिलाई निर्देशन दिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ