काठमाडौं। हिमाली जिल्ला मनाङबाट नेपाली काँग्रेसले मत अग्रता हाँसिल गर्न सुरु गरेको छ। निर्वाचन अधिकृत श्याम सुन्दर अधिकारीले दिएको जानकारी अनुसार अहिले कूल १ सय ८० मत गन्दा नेपाली काँग्रेसकी अनिता लामाको ९२ मत र नेकपा एमालेका लोकेन्द्र बहादुर घलेको ८२ मत सुरु प्राप्त भएको छ।
कूल ३ सय ९६ मत खसेको सो क्षेत्रमा अब गन्न बाँकी कूल २ सय १६ मत रहेको छ।