मनाङको चामेमा एमालेबाट अध्यक्ष, काँग्रेसबाट उपाध्यक्ष निर्वाचित
प्रकाशित २०७४ जेठ १ सोमबार
467
Shares
मनाङको चामे गाउँपालिकाबाट नेकपा एमालेको विजयी सुरुवात भएको छ। आईतबार भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा चामे गाउँपालिकाबाट नेकपा एमालेका लोकेन्द्र बहादुर घले विजयी भएका छन्।
एमालेका घलेले कूल २१४ मत ल्याउँदा काँग्रेसकी अनिता लामाले जम्मा १७३ मत ल्याएकी छिन्। त्यस्तै, उपमेयरमा भने काँग्रेसका मन्द्रिजंग गुरुङ ले विजय हाँसिल गरेका छन्। काँग्रेसका उम्मेदवारको १६९ मत आउँदा एमालेकी टिकनी देबि गुरुङ को १६० मत आएको छ। यस अघि नै नार्फु गाउँपालिकामा भने काँग्रेसका उम्मेदवार निर्वारोध विजयी भएका थिए।