रुकुमको मुसिकोट नगरपालिकामा कांग्रेसको विजयी सुरुवात, प्यानल क्लीनस्वीप
प्रकाशित २०७४ जेठ १ सोमबार
346
Shares
मुसिकोट । रुकुमको मुसिकोट नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । मुसिकोट २ मा कांग्रेसका तर्फबाट सम्पूर्ण प्यानल विजयी भएको हो ।
कांग्रेसको तर्फबाट वडाध्यक्षमा काशिराम खड्का २ सय ५० मत अन्तरले विजयी भएका छन् । उनले ३ सय ७२ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका प्रतिद्धन्दी माओवादी केन्द्रका नरबहादुर खड्काले १ सय २२ मत प्राप्त गरे भने नेकपा एमालेका हरि केसीले ८९ मत प्रात गरेका छन् ।
त्यस्तै महिला सदस्यमा र्इश्वरी खड्काले ३ सय ७० र दलित महिला सदस्य कल्पना बस्यालले ३ सय ५६ मत प्राप्त गरेर विजयी भएको मुख्य निर्वाचन कार्यालय रुकुमले जानकारी दिएको छ ।
त्यस्तै सदस्यहरुमा खम्वु मल्ले ३ सय ६७ र दिनेश खड्काले ३ सय ८४ मत प्राप्त गरेको जनाएको छ ।