arrow

मकवानपुर वाग्मती गाउँपालिकामा काँग्रेसका उम्मेदवारको अग्रता

logo
सुनिल शिवाकोटी,
प्रकाशित २०७४ जेठ १ सोमबार
congress-flag.jpg

हेटौंडा। मकवानपुरको वाग्मती गाउँपालिका प्रमुखमा काँग्रेसका उम्मेदवारको अग्रता सुरु भएको छ। अहिलेसम्म जारी स्थानीय तहको निर्वाचन मत गणना अनुसार एमालेका उम्मेदवारको भन्दा  काँग्रेसका चोक बहादुर ठाडामगरकाे मत बढी रहेको हो । उनले ताजा अवस्थामा ३४१ मत ल्याएका छन् । एमालेका उम्मेदवारको जम्मा २१४ मत आएको छ।

त्यस्तै, उपप्रमुखमा पनि काँग्रेसले नै अग्रता हाँसिल गरेको छ। काँग्रेसकी सुमित्रा राईको ३५२ मत आउँदा एमालेकी उम्मेदवारको उपप्रमुखमा जम्मा २१७ मत आएको छ। गाउँपालिकाको वडा नं १मा भने ३६५ मतका साथ काँग्रेसका ठकेन्द्र वाईवा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवारको २१५ मत आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ