arrow

नुवाकोटका तीन स्थानमा कांग्रेस र दुई स्थानमा एमालेको अग्रता

logo
प्रकाशित २०७४ जेठ १ सोमबार
nuwakot-congress-uml.png

त्रिशूली(नुवाकोट)। जिल्लामा नौ स्थानमा मतगणना जारी रहेको छ भने अन्य स्थानमा तयारी भइरहेको छ । विदुर र बेलकोटगढी नगरपालिका तथा ककनी, तारकेश्वर, तादी, शिवपुरी, लिखु, सूर्यगढी र मेघाङ गाउँपालिकामा मतगणना भइरहेको छ । 

अहिले विदुरको वडा नं १ को मतगणना भइरहँदा नेकपा(एमाले)बाट प्रमुखका उम्मेदवार सञ्जु पण्डितले दुई सय , नेपाली काँग्रेसका धु्रव अधिकारीले एक सय ३६ र नेकपा(माओवादी केन्द्र)का लीलानाथ न्यौपानेले २१ मत ल्याएका छन् ।

तादीमा अहिलेसम्म कांग्रेसबाट अध्यक्षका उम्मेदवार नारायणप्रसाद पाण्डेले तीन सय ४८, एमालेका केपी लामिछानेले दुई सय ८५ र माओवादी केन्द्रका मानसिंह तामाङले एक सय ५४ मत ल्याएका छन् ।
 
ककनीमा अध्यक्षमा कांग्रेसका दीपेश लामाले ५१, माओवादी केन्द्रका मानबहादुर लामाले ४० र एमालेका जितबहादुर बलामीले ३८ मत ल्याएका छन् ।  बिहान ४ बजेदेखि सुरु भएको ककनी – १ को मतगणना जारी छ । 

तारकेश्वरमा एमालेबाट अध्यक्षका उम्मेदवार रमेश वस्तीले ३९, कांग्रेसका उम्मेदवार चोकराज शाक्यले २९ र माओवादी केन्द्रका राजेन्द्र न्यौपानेले १७ मत ल्याएका छन् ।

 यस्तै शिवपुरीमा कांग्रेसका अध्यक्षका उम्मेदवार रामकृष्ण थापाले ७८ तथा एमालेका पदम उप्रेती र माओवादी केन्द्रका मीनबहादुर तामाङले ५६– ५६ मत आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ