काठमाडौं। स्थानिय तहको निर्वाचनमा नवलपरासीमा काँग्रेसले अग्रता लिन थालेको छ। काँग्रेसले कावासोती नगरपालिकामा मेयरमा ६९३ मत र उपमेयरमा ६९४ मत ल्याएर अगाडी छ। एमालेले मेयरमा ६५९ र उपमेयरमा ६५८ मत ल्याएर दोस्रो स्थानमा छन्।
मध्यबिन्दु नगरपालिकामा मेयरमा कांग्रेसले ९२०, उपमेयरमा ९३२ मत ल्याएर पहिलो स्थानमा छ भने एमालेले मेयरमा ८०४ र उपमेयरमा ८१६ मत ल्याएर दोस्रो स्थानमा छ।
देवचुली नगरपालिकामा एमाले मेयरमा ८६५ , उपमेयरमा ९०४ मत ल्याएर पहिलो स्थानमा छ कांग्रेस मेयरमा ८५६ र उपमेयर ७८० मत ल्याएर दोस्रो स्थानमा छ।
गैडाकोट नगरपालिकामा एमाले मेयरमा ५६२ , उपमेयरमा ५२४ मत ल्याएर पहिलो स्थानमा र काँग्रेस मेयरमा ४८३ , उपमेयरमा ५१८ मत ल्याएर दोस्रो स्थानमा छ।
बिनयी त्रिवेणि गाउँपालिका काँग्रेसका अध्यक्ष १३०२ र एमाले ८१२ मतका साथ दोस्रो स्थानमा छ। बुङदीकाली गाँउपालिकामा एमाले १०३ मत सहित अग्रस्थानमा छ भने काँग्रेस ९६ मतका साथ दोस्रो स्थानमा छ।
बुलिङ्गटार गाँउपालिकामा काँग्रेस ५१३ मत सहित पहिलो र एमाले २३९ मतसहित दोस्रो स्थानमा छ।
हुप्सेकोट गाँउपालिकामा काँग्रेस ८२४ मतसहित पहिलो स्थानमा र एमाले ६६५ मत सहित दोस्रो स्थानमा छ।
बिनयि त्रिवेणि गाँउपालिका वडा नम्बर ५ मा काँग्रेसको प्यानलनै बिजयी भएको छ भने हुप्सेकोट १ मा पनि काँग्रेसको प्यानलनै बिजयी भएको छ। देवचुली ६ मा नेकपा एमालेको प्यानलनै बिजयी भएको छ।