arrow

मुस्ताङको दालोम गाउँपालिका अध्यक्षमा काँग्रेसका वागीले जिते चुनाव

logo
प्रकाशित २०७४ जेठ १ सोमबार
dalome_gaupalika.png

काठमाडौं । मुस्ताङको दालोम गाउँपालिकामा काँग्रेसका वागी उम्मेदवारले चुनाव जितेका छन् । उनले नेपाली काँग्रेसकै अर्का उम्मेदवार तेन्जिङ  छिरिङलार्इ भारी मतान्तरले पराजीत गर्दै चुनाव जितेका हुन् । 

काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका राजु विष्टले विजय हाँसिल गरेका हुन् उनको कूल ७५५ मत आएको निर्वाचन अधिकृत थमनसिंह थापाले जानकारी दिए । उनका प्रतिद्वन्दी तेन्जिङ  छिरिङले  जम्मा २ सय ३ मत ल्याएका छन् । 

ध्यक्षमा एमालेले उम्मदेवार उठाएको थिएन । राजु बिष्ट पनि कांग्रेसकै बागी उम्मेदवार हुन् । उपाध्यक्षमा एमालेकी ढोका गुरुङ ६ सय १ मत ल्याइ बिजयी भएकी छिन् । उनकी प्रतिद्धन्दी काँग्रेसकी कुचान छुटेन गुरुङले ३ सय २२ मत ल्याएकी  छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ