- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
म्याग्दी। म्याग्दीको मालीका गाउँपालीका १ निस्कोटको वडा अध्यक्षमा नेपाली काँग्रेसका टंक पुन निर्वाचित भएका छन् । ४५१ मत प्राप्त गरी पुन वडा अध्यक्षमा निर्वाचित भएका हुन ।
यसैगरी वडाका सदस्यहरुमा पनि काँग्रेसकै उमेद्वारहरु बिजयी भएका छन् । महिला सदस्यमा मनरुपा पुनमगर, दलित महिला सदस्य मनकुमारी कामी, खुल्ला सदस्य दिलकुमारी पुन र लोकबहादुर मल्लले मत प्राप्त गरेर बिजयी भएका हुन्।
दुई वटा मतदान केन्द्र रहेको निस्कोटमा एक हजार ३३७ मतदाता रहेकोमा ९०७ जनाले मतदान गरेका थिए । निस्कोटबाट गाउँपालीकाको अध्यक्षमा काँग्रेसका श्रीप्रसाद रोकालाई ४५१, उपाध्यक्षमा काँग्रेसकै बिमला रोकालाई ४५३, एमालेका अध्यक्षका उमेद्वार बेगप्रसाद गर्बुजालाई २६७, उपाध्यक्षमा खरमाया बिटालुलाई २६७ मत प्राप्त भएको छ ।
माओवादी केन्द्रका गाउँपालीकाको अध्यक्षका उमेद्वार कमल केसीलाई १३८ र उपाध्यक्ष गौरी सेञ्चुरीले १४१ मत प्राप्त गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा अध्यक्षमा एमालेका प्रत्यासी वुद्धीबहादुर पुनले २६४ र माओवादी केन्द्रका गोविन सिउथानीले १३५ मत प्राप्त गरेका छन्।