arrow

भान गालले भने– ‘टोलीको भाग्य सुधार्न जादूको शुत्र छैन’

logo
प्रकाशित २०७२ पुष १७ शुक्रबार
Sport.jpg.jpeg
एजेन्सी । इङ्गलिश क्लब म्यान्चेस्टर युनाइटेडका प्रबन्धक लुइस भान गालले म्यानुको भाग्य सुधार्नका लागि जादूको शुत्र नरहेको बताएका छन् । टोलीलाई फेरि लयमा फर्काउन तत्काल जादूको शुत्र नरहेको भान गालको भनाई छ । इङ्गलिश प्रिमियर लिगका पछिल्ला ६ सहित आठ खेलमा म्यानयु पराजित भएको छ । लिगको अंक तालिकामा समेत छैटौं स्थानमा झरेको छ । म्यानयुको १९ खेलबाट ३० अंक भएको छ । 
 
उता, च्याम्पियन्स लिगबाट समेत टोली बाहिर छ । जसले भान गालको जागिर संकटमा परेको छ । भान गालले भनेका छन्,–‘केही जादूको शुत्र छैन, एक टिमका रुपमा र व्यक्तिगत रुवमा कसरी सुधार गर्न सकिन्न भन्नेबारे सोच्न सकिन्छ ।’ मैले स्वान्सी विरुद्धको खेल ३ पटक गुमाएको छु । स्वान्ससंग तीन पटक पराजित भएपछि भानगाले तीन वटा बैठकको सामना गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ