arrow

दश दिनभित्र न्यानो कपडा किन्न दिइएको रकम नपुगे कारबाही हुने

logo
प्रकाशित २०७२ पुष १७ शुक्रबार
oli-sarkar.jpg.jpeg
काठमाडौ । मन्त्रिपरिषद्को शक्रबार बसेको बैठकले भूकम्प प्रभावितलाई सरकारले घोषणा गरेको जाडोमा न्यानो कपडा किन्न दिइने रु १० हजार १० दिनभित्र वितरण नगरिए सम्बन्धित कर्मचारीलाई कारबाही गर्ने निर्णय गरेको छ।  सरकारले घोषणा गरेको सो रकम वितरण ढिलाइ भएको गुनासो बढिरहेका बेला सरकारले आज गृह र स्थानीय विकास मन्त्रालयलाई १० दिनभित्र वितरणको कार्य पूरा गर्न कडा निर्देशन दिएको हो । 
 
सूचना तथा सञ्चार मन्त्री शेरधन राईले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले गत साताको आफनो चीन भ्रमणबारे बैठकलाई जानकारी गराउनुभएको पत्रकारलाई बताउनु भयो । संविधान जारीपछि चीनमा सो स्तरको पहिलो भ्रमणबाट व्यापार तथा पारबहन, दीर्घकालीन इन्धन, पूर्वाधार विकास तथा कनेक्टिभिटी र तातोपानी र केरुङ नाका सञ्चालन गर्न समझदारी भएको सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री राईले उल्लेख गरे । 
 
बैठकले लगानी बोर्डको प्रस्तावमा चीनको ‘द गोर्खाज युके’ कम्पनीको परियोजना प्रस्तावअनुसार ऊर्जा उत्पादनको समझदारी स्वीकृत गरेको छ भने बोर्डलाई हावाबाट बिजुली उत्पादन निकाल्ने परियोजना प्रस्ताव तयार गर्न निर्देशन पनि दिएको छ । बैठकले बेपत्ता परिवारको छानबिन र सत्य तथा मेलमिलाप आयोग सञ्चालनसम्बन्धी नियमावली स्वीकृत गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ