arrow

प्रजिअ घिमिरेले पत्रकारलाई दिएको धम्कीको वचाउ

logo
प्रकाशित २०७२ पुष १८ शनिबार
cdo-dhamki.jpg.jpeg
पाँचथर। गत वुधबार इगल एफएमका स्टेशन म्यानेजर जितेन्द्र भण्डारी र मेची पोष्ट दैनिकका प्रकाशक लेखनाथ खतिवडालाई आफूले पत्रकारको नियत नभएर कर्मचारीको नियत ब्यवस्थापन गर्ने वताएको भन्दै प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले आफनो भनाईको वचावट गरेका छन् । यसअघि पौष १५ गते विहान पत्रकार भण्डारीलाई फोन गर्दे आफूसँग सम्पर्क राख्न र नियत व्यवस्थापन गर्ने कुरा मुख्य रहेको आफूले हेरिरहेको वताएका थिए। 
 
यस्तै विहिबार इगल एफएमको कार्यक्रम इगल विशेषमा कुरा गर्दे आफनो शब्दको वचावट गर्दे आफूले पत्रकारलाई नभएर कर्मचारीलाई नियत ब्यवस्थापन गर्न लागेको भन्दै पत्रकारको वुझाइमा कमजोरी रहेको भन्दै लाचारी ब्यक्त गरेका थिए। उनले भने, “मैलै पत्रकार जितेन्द्रजीलाई भनेको होइन् कर्मचारीको नियत ब्यवस्थापन गर्ने हो भनेको हो, वुझाईमा कमी हुँदा यस्तो अवस्था सिर्जना हुन पुगेको हो।”
 
उनले पत्रकारसँग समाचारको विषयमा आपत्ति जनाउँदै कर्मचारीको नियत ब्यवस्थापन गर्छु भनेर आफनो शब्दको वचावट गरेका हुन् । 
 
यता पत्रकार भण्डारीले भने आफनो भनाईलाई वचावट गर्दे धम्कीपूर्ण भाषालाई विषयान्तर गरेर आफू जोगिन खोजेको वताएका छन् । उनले भने,“मसित कुरा गर्दे तपाईले प्रकाशन, प्रशारण भएको समाचारको पुष्टि गर्नुहुन्छ? मलाई तुरुन्त कार्यालयमा आएर सम्पर्क राख्नुहोस्, नियत ब्यवस्थापन गर्ने कुरा ठूलो हो, त्यसैले हामी हेरिरहेका छौ भन्दै आफूसित कुरा गर्ने अनि उनले फोनमा भएको कुराकानीमा कहिँ कतै पनि कर्मचारीको कुरै नल्याई कर्मचारीको नियत ब्यवस्थापन भन्न खोजको भन्दा आश्चर्यजनक लाग्यो ।”
 
यस्तै शुक्रबार नेपाल पत्रकार महासंघ शाखा कार्यालय पाँचथरको वैठक वसी घट्नाप्रति आफनो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले भनेको छ,“ पत्रकारको भौतिक र पेशागत सुरक्षाका लागि पहल गरि राखेकै अवस्थामा प्रजिअले शाखाका अध्यक्षसित मिडियामा आएको समाचारलाई लिएर पत्रकारलाई निरुत्साहित गर्ने उद्देश्य नभएको र अबका दिनमा पनि स्वतन्त्र पत्रकारिताप्रति सम्मान रहने बताएको हुँदा पत्रकार र स्थानीय प्रशासनबीचको दूरी कम गर्न आवश्यक पहल र समन्वय यथावत राख्ने निर्णय गरेको छ।”
 
साथै, राज्यका निकायहरुलाई पारदर्शी र जवाफदेही बनाउन जिल्लामा हुने यसप्रकारका घटनाका समाचार निर्धकताका साथ स‌ंप्रेषण गर्न सबै पत्रकारलाई आग्रह गर्दै भयरहित वातावरणको लागि सहयोग गर्न स्थानीय राजनीतिक दल, प्रशासन र नागरिकसमाजसित आग्रह गर्ने निर्णय गरिएको महासंघ जिल्ला अध्यक्ष लवदेव ढुंगानाले वताउनुभयो।
 
यस्तै विहिबार जिल्लाका ४ वटा संगठनले समेत प्रजिअ घिमिरेले दिएको धम्कीप्रति आपत्ति जनाउँदै आफनो गम्भिर ध्यानकर्षण भएको जनाएका छन्। नेपाल प्रेस यूनियन, प्रेस चौतारी, क्रान्तिकारी पत्रकार संघ, संघिय लिम्वुवान पत्रकार परिषदले समेत घटनाप्रति आपत्ति जनाउँदै प्रशासनिक निकायमा हुने अनियमितता विरुद्द कलम चलाउन हत्तोसाहित गर्न खोजको ठहर गरेको छ। साथै विज्ञप्ति मार्फत भनिएको छ, संचारमाध्यममा प्रकाशित प्रशारित सामाग्रीको विषयमा तितो अभिब्यक्ति दिएर पत्रकार र प्रशासक विचको दूरी नवढाउन सम्वन्धित निकायको ध्यानाकर्षण गर्दछौ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ