arrow

पत्रकारलाई आस्थाका आधारमा विभेद गर्न नहुनेः बद्री सिग्देल

logo
प्रकाशित २०७२ पुष १८ शनिबार
Baddri-sigdel.jpg.jpeg
यादव आचार्य, बर्दिया। श्रमजिवी पत्रकारहरुलाई आस्थाका आधारमा विभेद नगर्न नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले आग्रह गरेका छन्। नेपाल प्रेस युनियन जिल्ला शाखा बर्दियाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सिग्देलले पत्रकारहरुलाई आस्थाकै कारण कार्यक्षेत्रबाट निष्काशन गरिनु दुर्भाग्य भएको वताउँदै सरकारले आफै श्रम कानूनको उल्लंघन गरेको वताए। सरकारले पत्रकारको दीर्घकालिन रुपमा व्यवसायिक र भौतीक सुरक्षाका लागि तत्काल थालनी गर्नुपर्ने उनको जोड छ। आस्थाका आधारमा निष्काशन गरिएका पत्रकारहरुको तत्काल पुर्नवहाली गर्न उनले माग गरे।
 
श्रमजीवी पत्रकार ऐन तत्काल लागु गर्नुपर्ने वताउँदै अध्यक्ष सिग्देलले ऐनमा तोकिए अनुसारको सेवा सुविधा तत्काल उपलब्ध गराउनु पर्ने वताए। अधिकांश पत्रकारहरु विमा गर्नबाट बञ्चित भएकाले पत्रकार विमाका लागि सरल उपाय अपनाउनु पर्नेमा उनको जोड छ।
 
नेपाल प्रेस युनियन जिल्ला शाखा बर्दियाका अध्यक्ष विनय राजभण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल प्रेस युनियनका निवर्तमान क्षेत्रीय संयोजक युवराज श्रेष्ठ लगायतका पत्रकारहरुको सहभागिता थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ