सिंगो गाउँपालिकाको प्यानलै जित्यो काँग्रेसले, एउटा वडा सदस्य माओवादीलाई
प्रकाशित २०७४ जेठ ३ बुधबार
354
Shares
काठमाडौं । काभ्रेको बेथान्चाचक गाउँपालिकामा नेपाली काँग्रेसले शानदार जीत हाँसिल गरेको छ । गाउँपालिकाको प्रमुख र उपप्रमुखमा मात्रै नभएर कूल ६ वटा वडा मध्ये एउटा वडाको वडा सदस्य बाहेक अरु सबै पदहरु नेपाली काँग्रेसले जितेको वेथान्चोक गाउँपालिकाका निर्वाचन अधिकृत महेश बरालले जानकारी दिए ।
उनका अनुसार उक्त गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका प्रेम बहादुर तिमल्सिना ३८ सय ६८ मतका साथ विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी एमालेका प्रेम कुमार तामाङको २७ सय ४१ मत आएको छ ।
त्यस्तै, उपप्रमुखमा पनि नेपाली काँग्रेसकी सरिता लामिछाने विजयी भएकी छिन् । उनको कूल ३८ सय ५२ मत आएको छ भने उनकी प्रतिद्वन्दी एमालेकी उन्नती केसीको २८ सय ४१ मत आएको छ ।
कूल छ वटा वडामा ६ नं वडा सदस्य माओवादी केन्द्रका विनोद तामाङले जितेका छन् । नत्र गाउँपालिकाका सबै सदस्यहरु काँग्रेसका उम्मेदवारले जितेका छन् ।