म्याग्दी बेनी नगरपालिकामा काँग्रेसका हरि कुमार विजयी
उपमेयरमा राप्रपाकी सञ्जु निर्वाचित
प्रकाशित २०७४ जेठ ३ बुधबार
866
Shares
म्याग्दी। बेनी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठ बिजयी भएका छन् । हरिकुमारले ५ हजार ६७८ मत ल्याउँदा उनका प्रतिष्पर्धी एमालेका प्रमोद श्रेष्ठले ५ हजार ६३४ मत ल्याएका छन्।
नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको तालमेलबाट प्रमुखमा उम्मेदवार बनेका हरिकुमार बेनी नगरपालिका प्रमुखमा बिजयी भएका हुन् ।
बेनी नगरपालिकामा एमाले र राप्रपाको तालमेलबाट नगरपालिका प्रमुखमा एमालेका प्रमोद श्रेष्ठ उम्मेदवार बनेका थिए । उनी नेपाल उद्योग वाणिज्य महासंघका वहालवाला उपाध्यक्ष समेत हुन्।
उपप्रमुखमा राप्रपाकी सञ्जु बढुवालले ३ हजार ९९५ मत ल्याएकी छिन। उनकी प्रत्यासी माओवादीकी ज्योति लामिछानेले ३ हजार ९६१ मत ल्याएकी छिन।
पराजित प्रमोद श्रेष्ठ म्याग्दीको महासंघको जिल्ला नगर समुहबाट उपाध्यक्षमा निर्वाचित भएका श्रेष्ठ महासंघबाट राजीनामा नदिइ मेयरमा प्रत्यासी हुन गएका थिए।
राजनीतिक पदमा जानु अघी राजीनामा दिनुपर्ने भएपनि राजीनामा नदिएका उनलाई महासंघले ३ दिनभित्र जवाफ पेश गर्न स्पष्टिकरण सोधेको थियो। तर उनले चुनाव अघी न जवाफ फर्काए न त्यसमा कुनै प्रतिक्रिया नै जनाए। उनले सो कुरालाई वाहिर नल्याउन आग्रह गरेका थिए।
मेयरमा पराजित भएका उनलाई अब महासंघले कस्तो कार्वाही गर्छ हेर्न वाँकी छ। राजनीतिक पदमा प्रत्यासी हुन गएका उनले अब उपाध्यक्षमा फर्कन मिल्दैन।