arrow

संसद् अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय, बजेट ल्याउने बाटो खुल्यो  

logo
प्रकाशित २०७४ जेठ ४ बिहिबार
cabinet-prachanda.jpeg

काठमाडौं । सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय निर्णय गरेको छ । मन्त्रिपरिषद्ले अहिलेसम्म चलिरहेको संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय भएको मन्त्रिपरिषद्का सदस्य एवं महिला वालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले जानकारी दिए । 

संसद्को अर्काे अर्थात् बर्खे अधिवेशन जेठ नौ गतेको लागि बोलाउने निर्णय पनि गरेको मन्त्री खड्काले जानकारी दिए । संसद् अधिव्शन अन्त्य भएसँगै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम व्यवस्थापिका संसद्मा पेश गर्ने बाटो खुलेको छ । 

संसद्कको हिउँदे अधिवेशनमा सरकारले आफ्नो नीति तथा कार्यक्रम ल्याउन नसक्ने संसदीय पद्धति रहेकोले अधिवेशन अन्त्य गर्नु परेको संसद् सचिवालयले जनाएको छ । होईन भने अहिले संसद्मा अति आवश्यक मानिएको स्थानीय शासन सञ्चालन ऐन, प्रधानन्यायाधीस सुशीला कार्कीमाथिको महाभियोग, संविधान संशोधन लगायतको काम कारबाही बाँकी नै रहेको भएपनि बजेटकै लागि संसद् अधिवेशन अन्त्य गरिएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ