arrow

चुनावी परिणामबारे कांग्रेस बेखुसी,  सत्ता हस्तान्तरणबारे छलफल

स्थानीय चुनावमा अपेक्षित परिणाम आएन : महेश आचार्य

logo
प्रकाशित २०७४ जेठ ४ बिहिबार
congress-party-office.jpg.jpeg

 

काठमाडौ । नेपाली कांग्रेसले  पहिलो चरणको चुनावमा अपेक्षित  परिणाम नआएको निष्कर्ष निकालेको छ । आज विहिबार  नेपाली कांग्रेस पदाधिकारी एवम् राजधानीमा उपलव्ध केन्द्रीय सदस्यहरुको चुनावको समिक्षात्मक बैठकले दोस्रो चरणको स्थानीय चुनावमा प्रभावकारी ढंगले प्रस्तुत हुने र बढीभन्दा बढी परिणाम आफ्नो पक्षमा पार्ने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको बैठकपछि पत्रकारहरुलाई जनकारी गराउदै केन्द्रीय सदस्य महेश आचार्यले उक्तकुरा बताउनुभएको हो । उहाँले भन्नुभयो अहिले मिश्रित चुनावी नतिजा छ । कति ठाउँमा एमालेले जितेको छ, कति ठाउँमा नेपाली कांग्रेसले जितेको छ । जति हामीले सोचेका थियौं, त्यति राम्रो भएको छैन । यद्यपि, अन्तिम परिणाम आउन बाँकी छ ।

बैठकमा ‘अहिलेको परिणामको समीक्षा भएको र आगामी चुनावी रणनीति तय गर्ने र दोस्रो चरणको चुनावमा अलि प्रभावकारी ढंगले प्रस्तुत हुने निर्णय भएको नेता आचार्यले बताउनुभयो ।’

आचार्यले भन्नुभयो, अब  संविधान संशोधन गर्ने र आगामी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने विषयमा पनि बैठकमा छलफल भएको बताइएको छ । पूर्वसहमति अनुसार माओवादी अध्यक्ष प्रचण्डले अब कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने केन्द्रीय सदस्य महेश आचार्यले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ