arrow

मेलामा सयदेखि १० हजार रुपैंयाँसम्मका जुत्ता, ८० प्रतिशतसम्म छुट

logo
प्रकाशित २०७२ पुष १८ शनिबार
Shoes.jpg.jpeg
काठमाडौं । नेपाली जुत्ता घरको आयोजनामा पाचौं बिग सेल फुटवयर व्यापारिक मेला शुक्रबारदेखि शुरु भएको छ । यो मेला राजधानीको भृकृटीमण्डपमा शुरु भएको हो । मेलाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले गरे । कार्यक्रममा अध्यक्ष मुरारकाले मुलुक राजनीतिक अस्थिरताले आर्थिक क्षेत्र जर्जर भैरहेका बेला जुत्ता उद्योगीले मेला आयोजना गरेर अर्थतन्त्रलाई चलायमान बनाउन खोजेको बताए । उनले आत्मनिर्भरताका क्षेत्रमा उन्मुख नेपाली जुत्ता उद्योगलाई जोगाउन सरकारले सहयोग गर्नु पर्ने बताए । 

महासंघका सदस्य एवं नेपाली जुत्ता घरका अध्यक्ष तथा शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले मेलाको औचित्य माथि प्रस्ट पार्दे यस मेलामा नेपाली ब्राण्ड लगाउन उपभोक्तालाई प्रोत्साहन गर्ने हेतुले सिमित डिजाईनका जुत्ता तथा चप्पलहरु लागत मुल्य भन्दा कममा बिक्रि गरिने र यसले नेपाली ब्राण्ड प्रवद्र्धनमा टेवा पुग्ने र उपभोक्तालाई नेपाली ब्राण्ड लगाउन बानी बसाल्ने समेत बताए । उनले मेलामा सय रुपैंयाँदेखि १० हजार मूल्यका जुत्ता विक्रीमा राखिएको बताए । जुत्ताको खरिदमा ८० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उनले खुलाए ।

फुटवयर म्यानफ्याक्चरर्स एशोसिएसनका निवर्तमान अध्यक्ष होमनाथ उपाध्याय, अध्यक्ष रविन कुमार श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष कृष्ण कुमार फुँयाल, नेपाली जुत्ता घरका सञ्चालक मनोज कुमार श्रेष्ठ लगायतले जुत्ता उद्योगको विकासका लागि कच्चा पदार्थ र तयारी समानका बिचमा १५ प्रतिशतको भन्सार थ्रेस होल्ड राख्नु पर्ने बताएका थिए । नेपाली जुत्ताघरको आयोजनामा यस अघि ४ वटा बिगसेल मेला सफलता पूर्वक सम्पन्न भईसकेको छ । पाँचौं बिग सेल मेला पौष २१ गते देखी सिमित अवधिको लागि चल्नेछ । बिग सेल मेलामा जुत्ता तथा चप्पलहरुमा १५ देखी ७५ प्रतिशत सम्मको बिशेष छुटको व्यवस्था गरिएको छ । 

मेलामा नेपालका चर्चित ब्राण्डहरुः शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, लेदर विस, टाकुरा सुज, शु ल्याण्ड, फुटल्याण्ड र ईजी सुज गरि १० वटा ब्राण्डका जुत्ता चप्पल हरुका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डल हरु समेत उपलब्ध हुनेछन । यो बिगसेल मेलामा करीव २ लाखको हाराहारीमा आगन्तुक हरुले अवलोकन गर्ने र करीव २५ दखी ३० हजार जोर जुत्ता चप्पलहरु बिक्रि हुने दाबी आयोजकको छ । 

नेपाली जुत्ता घर देशकै सवैभन्दा ठुलो लगानी र ठुलो जुत्ता चप्पलहरुको बिक्रि कक्षको रुपमा जमल स्थित राष्ट्रिय नांचघरको पहिलो तलामा ३ वर्ष अघि स्थापना भएको हो । नेपाली जुत्ता घरमा उच्च गुणस्तरकानेपाली ब्राण्डका जुत्ता चप्पलहरुमा ६ महिनाको वारेन्टी सहित बिक्रि गर्ने गरिन्छ जसको कारण नेपाली उपभोक्ताको स्वदेशी ब्राण्ड  र नेपाली जुत्ता घर प्रति असाध्यै माया र बिश्वास बढेको जनाईएको छ । नेपाली जुत्ता घर स्थापना भएको ३ वर्षको अवधीमा आफ्नो कार्यक्षेत्र बिस्तार गर्दै थप ४ वटा शाखा बिस्तार गर्न सफल भएको छ । 

राष्ट्रिय नाचघर जमलमा मुख्य सोरुम, र शाखाहरु क्रमशः महाराजगञ्ज चक्रपथ शाखा, ललितपुर कुमारीपाटी शाखा, नमस्ते सुपरमार्केट पुल्चोक शाखा र यसै बर्ष बुद्ध मल, बालाजुमा नयाँ शाखा स्थापना गर्र्दै उपभोक्तालाई थप सेवा र सुविधा दिने प्रयास गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ