arrow

बिरामी अवस्थामा विश्वमै दुर्लभ गिद्ध भेटियो

logo
प्रकाशित २०७२ पुष १८ शनिबार
District-65-Jajarkot-hamrakura.jpg.jpeg
जाजरकोट । विश्वमै दुर्लभ गिद्ध सुर्खेतमा भेटिएको छ । जिल्ला वन कार्यालय सुर्खेतले लोपोन्मुख अवस्थामा रहेको डङ्गुर (हिमालयन ग्रिसन) जातको गिद्ध बिरामी अवस्थामा भेटिएको हो । 

वीरेन्द्रनगर–८ इत्रामस्थित शङ्करचोक नजिकै औषधिले लठिएको अवस्थामा फेला परेको गिद्धको अहिले उपचार जारी रहेको वन कार्यालयले जनाएको छ । 

मुखबाट फिज फालिरहेको अवस्थामा गिद्धलाई देखेको स्थानीय बासिन्दाले जानकारीे गराएपछि तुरुन्त उद्धार गरी उपचार थालिएको जिल्ला वन अधिकृत हेमराज विष्टले बताए । 

औषधि प्रयोग गरेको पशुको सिनो खाएपछि गिद्ध बिरामी भएको हुनसक्ने आशङ्का गरिएको छ । आधा मिटर अग्लो गिद्ध अहिले सन्चो हुँदै गएको र निको हुने बित्तिकै छाडिने विष्टले जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ