- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पुनर्बास,कञ्चनपुर। पुनर्बास नगरपालिका ९ धनसिंगा गाउमा चट्याङ लागेर १४ वर्षीया एक बालिकाको आज मृत्यु भएको छ ।
बारीमा रहेको गहुँको भुस बोक्दै गरेकी १४ वर्षीया मेनुका सुनारको आज बेलुका करिब पौने ५ बजे तिर खसेको चट्याङ लागेर मृत्यु भएको छ ।
गहुँको भुस गोठमा ल्याउदै गरेको बेला एक्कासी खसेको चट्याङ लाग्दा बालिका मेनुकाको ज्यान गएको प्रहरीले जनाएको छ । मृतक मेनुका राष्ट्रीय मा बि बिचफाँटामा कक्षा ७ मा अध्ययनरत थिइन ।