arrow

जोखिमपूर्ण शल्यक्रिया : दुई महिलाको बच्यो ज्यान

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ जेठ ६ शनिबार
Become-a-Medical-Doctor.jpg

पाँचथर । जिल्ला अस्पतालका चिकित्सकहरुको टोलीले तीन दिनभित्र उच्च जोखिममा रहेका दुई जना गर्भवतीको सफल शल्यक्रिया गरेको छ ।

पवनकुमार साह नेतृत्वको चिकित्सक टोलीले पाठेघरमा रहनु पर्ने गर्भ ट्युवमा रहेकी २२ वर्षीया महिला र  अत्याधिक रक्तश्राव हुने एवं भित्रै साल उप्किएकी ३६ वर्षीया एक महिलालाई पुनर्जीवन दिएको हो ।

चिकित्सक साहका अनुसार साविक पञ्चमी १ गोपेटार घर भएकी २२ वर्षीया यसोदा राईको पाठेघरमा रहनुपर्ने गर्भ बाहिर बसेको थियो ।

दुई महिनाको गर्भ रहेकी उनी अत्याधिक पेट दुखेपछि वैशाख ३१ गते पाँचथर जिल्ला अस्पताल आइपुगेकी थिइन् । भिडियो एक्स–रे गर्दा उनको दायाँ भागको डिम्वाशय वरिपरी कालो दाग देखिएपछि तत्काल आफन्तको अनुमति लिएर शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

उनका अनुसार अस्पताल आँउदा नै अत्यन्तै संवेदशील अवस्थामा पुगेकी राईको अप्रेसन थाल्नु पूर्वनै गर्भ रहेको अण्डा फुटेर रक्तश्राव हुन थालेपछि चुनौती थपिएको थियो ।

ढिला गरी अस्पताल आएकी उनको शरिरमा हेमोग्लोविनको मात्रा पनि ७ प्रतिशत मात्रै थियो । उनका अनुसार सामान्य अवस्थामा हेमोग्लोविनको मात्रा १२ हुनुपर्छ ।

अप्रेसन पूर्व उहाँलाई ३ पिन्ट रगतदिइएको थियो । चिकित्सक साहले भने, ‘एक घण्टा मात्रै ढिला गरी अस्पताल आइपुगेको वा आइपुगेपछि तुरुन्तै निर्णय नलिइएको भए ज्यान तलमाथि पनि हुन सक्थ्यो ।’

पाठेघर भन्दाबाहिर गर्भ रहनुलाई चिकित्सकको भाषामा इप्टोपिक प्रिग्नान्सी भनिन्छ । यस्तै तीन दिनदेखि सुत्केरी व्यथा लागेर घरैमा बच्चा जन्माउने प्रयत्न गर्दा सम्भव नभएपछि अन्तिम अवस्थामा ल्याइएकी पाँचथरकै कुम्मायक ३ की ३६ वर्षीया हरिमाया माझीको पनि सफल सल्यक्रिया गरिएको छ ।

यसअघि नै ५ जना बच्चा जन्माइसकेकी हरिमायाले सुत्केरी व्यथा लागेको ३ दिनसम्म बच्चा जन्माउन नसकेपछि अत्याधिक रक्तश्राव भएर गम्भीर अवस्थामा पुगेपछि अस्पताल ल्याइएको थियो ।

अस्पताल ल्याइ पुर्याउँदा अत्याधिक रक्तश्राव भइरहेकी उनको भिडियो एक्स–रे गर्दा भित्र साल उप्किएको तथा उल्टो अवस्थामा रहेको बच्चा पनि तेर्सिएकाले आमा र बच्चा दुबैको ज्यान जोखिममा देखिएको थियो ।

उनको पनि तुरुन्तै सल्यक्रिया गरि ज्यान जोगाइएको छ । साहले भने,  ‘सल्यक्रिया गर्ने बेलासम्म उनको पाठेघर नै फुट्ेने अवस्थमा पुगेको थियोे, जोखिम मोलेरै सल्यक्रिया गर्याैं । सफल भइयो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ