arrow

पहिचान फेर्दै प्रियंका कार्की, गाईन गीत(भिडियो)

logo
प्रकाशित २०७२ पुष १८ शनिबार
pri.jpg.jpeg
काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको नाम लिँदा उनलाई धेरैले नायिका भनेर नै चिन्छन् । यो कुरा सहि पनि हो । तर उनको प्रतिभा केबल फिल्मी अभिनय र म्युजिक भिडियोमा मात्र छैन । उनी एक कुशल कोरियोग्राफर(नृत्य निर्देशक) पनि हुन् । उनले फिल्म ‘पुन्टे परेड’, ‘आवरण’, ‘मिसन पैसा २’, ‘मेरो बेष्ट फ्रेण्ड’लगायतका फिल्ममा कोरियोग्राफी गरिसकेकी उनले फिल्म ‘आवरण’को एक गीत पनि गाएकी थिईन् । 

सानै देखि गायन र नृत्यसंगै अभिनयमा रुचि रहने प्रियंकाले गाएको पहिलो गीतबाट आएको प्रतिक्रिया पछि भिडियो एल्बम निकाल्ने तयारिमा लागिन । सबै भिडियो ल्याएपछि मात्र एल्बम बजारमा ल्याउने योजना अनुरुप उनले एल्बममा समावेश पहिलो गीत ‘स्वतन्त्र’ को भिडियो सार्वजनिक गरेकी छिन । सार्वजनिक भिडियोलाई उनि आफैले निर्देशन गरेकी हुन् ।

सार्वजनिक गीतलाई सुशन प्रजापतिले खिचेका हुन् भने यसमा रोमीको सम्पादन रहेको छ । टाईनी बट बिग पिक्चर्सले निर्माण गरेको यस भिडियोलाई पोखरामा छायांकन गरिएको हो । सार्वजनिक गीत ‘स्वतन्त्र’ मा शब्द शैलेन्द्र सिंह र संगीत शैलेश सिंहको रहेको छ भने स्वर प्रियंकाकै हो ।

भिडियोको बारेमा प्रियंका भन्छिन ‘यसमा हामीले आफ्नो रहर पुरा गर्नु पर्छ भन्ने देखाउन खोजेका छौ ।’ त्यसो त उनले यी कुरालाई गीतको लिरिक्स तयार पार्दा नै ध्यान दिएकी थिईन । उनि भन्छिन ‘गीतको थिम नै यहि हो , हामीले पुरुष र महिलालाई स्वतन्त्रतामा विभेद गर्नु हुन् किनकी स्वतन्त्रता सबैलाई उस्तै हुनु पर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ