arrow

चौरजहारीबासी भन्छन्ः संविधानपछि विकास चाहियो

logo
प्रकाशित २०७२ पुष १८ शनिबार
District-55-Rukum-hamrakura.jpg.jpeg
दिलिप खड्का, रुकुम । रुकुमको पश्चिमी चौरजहारी नगरपालिकाबासीहरुले संविधानको पूर्ण कार्यन्वयनका साथै अब स्थानीय विकास भएको हेर्न चाहेकोले सबै पार्टीहरु एकजुट भएर स्थानीय विकास गर्न पार्टीहरुलाई सुझाव दिएका छन् । नेकपा एमाले चौरजहारी नगर कमिटीले गरेको वृहत भेला तथा प्रशिक्षण कार्यक्रममा यस्तो सुझाव दिएका हुन ।

उक्त कार्यक्रममा बोल्ने अधिकांश महिला, युवा तथा जेष्ठ नागरिकहरुले देशले संविधान पाईसकेकोले अब संविधानलाई पूर्ण कार्यन्वयनका साथै पालना गर्नुपर्नेमा सुझाब दिएका छन् । दलहरुले संविधान बनाउने र उल्लंघन पनि दलहरुले नै गर्ने भएकोले कुनै पनि दलहरुले उल्लंघन नगरी संविधानलाई पूर्ण कार्यन्वयनमा जोड दिनुपर्ने बताएका छन् । त्यस्तै उपस्थित अधिकांश महिला, युवाहरु र जेष्ठ नागरिकहरुले अब देशले द्धन्द्ध झेलेर पनि संविधान पाईसकेकोले अबको काम विकास हुनुपर्ने माग गरेका छन् ।

देश र जनताले संविधान पाईसकेको र अब अफुहरुले नयाँ नेपालको विकास हेर्न चाहेको बताएका छन् । नेकपा एमाले चौरजहारी नगरकमिटीको आयोजनामा भएको उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य शेरबहादुर केसीले आफ्नो पार्टी र अन्य पार्टीहरुले पनि संविधानको कार्यन्वयनका लागि सक्दो सहयोग गर्ने र स्थानीय विकास निर्माणलाई प्राथमिकता दिने  बताए ।

उक्त कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष ऋषिप्रसाद शर्मा, अनेमसंघकी अध्यक्ष कल्याणी खड्का, एमाले रुकुमका सचिवालय सदस्य विरबहादुर राणा, मिश्रीलाल शर्मा, जेष्ठ कम्युनिष्ठ सदस्य जगत प्रसाश शर्मा, सल्लाहकार सदस्य पदम ब लामिछाने, पर्शुराम लामिछाने, सुरेन्द्र नेपाली लगायतको आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता नगरकमिटी अध्यक्ष नारायणप्रसाद खनालले गर्नुभएको थियो भने सञ्चालन सदस्य कौशिला केसीले गर्नुभएको थियो । संविधान प्रचार प्रसार तथा गाउँ जागरण कार्यक्रम अन्तरगत एमाले रुकुम अहिले गाउ जागरणमा गाउँ पसेको छ । नेकपा एमाले जिल्ला रुकुमका अध्यक्ष विमल कुमार पुन, सचिव हरिप्रसाद शर्मा र उपाध्यक्ष ऋषिप्रसाद शर्माको नेतृत्वमा अहिले नेकपा एमाले गाउँ जागरणका लागि तीन समुह गाउँ पसेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ