- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीभित्रैबाट अन्तरघात भएको भन्दै राजनीतिक पार्टीभित्र उजुरी पर्ने क्रम सुरु भएको छ ।
निर्वाचनमा पार्टीभित्र अन्तरघात भएको भन्दै कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष एक दर्जन बढी मौखिक उजुरी परेका छन् ।
स्थानीय तह निर्वाचनमा पार्टीभित्रैबाट अन्तरघात भएको निष्कर्ष कांग्रेसले निकालेको छ ।
स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कांग्रेसले १ सय स्थानीय तहमा विजय हासिल गरेको छ ।
संसदमा ठूलो दल भएर पनि कांग्रेस स्थानीय तहको निर्वाचनमा दोस्रो पोजिसनमा देखिएको छ । (नेपाल समाचारपत्र दैनिक)