arrow

भीष्मको पाइला पाइला साहित्यको उद्यानमा हिड्दै

logo
प्रकाशित २०७४ जेठ ७ आइतबार
bhishma-uprety.jpg

काठमाडौं। कवि एवं निबन्धकार भीष्म उप्रेती शनिबार राजधानीमा उपन्यासकारको परिचय सहित उपस्थित भए ।

साहित्यकार कृष्ण धरावासीले ‘पाइला पाइला’ उपन्यासमा भीष्मले द्धन्दले आक्रान्त नेपाली समाज र द्धन्दका कारण परेको नकारात्मक प्रभावको चित्रण गरेको बताए । 

उनले पात्रहरुको कठीन जीवनको चर्चा गरिएको र वैदेशिक रोजगारको नकारात्मक प्रभावलाई उजागर गर्न पुस्तक सफल रहेको बताए ।

पत्रकार एवं समीक्षक शेखर खरेलले नेपालगंजलाई केन्द्रविन्दु बनाएर लेखिएको उपन्यासमा लेखकले चलाखीपूर्ण रुपमा मधेस आन्दोलन र कर्णाली प्रदेशलाई छोएको तर्क गरे । उनले भने राम्रो साहित्यमा पात्रलाई न्याय दिनुपर्ने हुन्छ । पाइला पाइलाका पात्रलाई भीष्मले पनि न्याय दिएका छन् ।

कवि श्यामलले उपन्यास सुललित भएको बताए । पुस्तकमा बहुनायकत्व रहेको तर्क गर्दै पुस्तकले निबन्ध र उपन्यासका विचको अन्तर अति कम गराइदिएको बताए । उनले भने, भीष्मले पात्रको माध्यमबाट पाठकको हृदय छुने कोशिस गरेका छन् । 

पुस्तकका लेखक भीष्मले संरचना र कथाका हिसावले पनि पाइला पाइला उपन्यास नै रहेको बताए । नेपालगंज बसाईका क्रममा मध्य र सुदुरपश्चिमका विभिन्न ठाउँ र पात्रलाई लिएर लिएर पुस्तक लेखेको खुलासा गरे ।

क्रियटिभ बुक्सले प्रकाशन गरेको पुस्तक सार्वजनिक कार्यक्रममा भीष्मका छोरा समृद्ध उप्रेतीले कविता वाचन गरेका थिए । भीष्मका यस अघि कविता, निबन्ध र नियात्रा गरी १७ वटा पुस्तक प्रकाशित छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ