arrow

कांग्रेसको महाधिवेशनले नेताको मूल्याङ्कन गर्छ : महामन्त्री सिटौला

logo
प्रकाशित २०७२ पुष १८ शनिबार
sitoula.jpg.jpeg
भीमदत्तनगर। नेपाली कांग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौलाले पार्टीको १३ औँ महाधिवेशनमा नेताहरुको मुल्याङ्कन हुने बताउनुभएको छ । आज बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित दुर्गादत्त जोशी स्मृति प्रतिष्ठानको घोषणा सभामा बोल्दै महामन्त्री सिटौलाले नजिकिदै गरेको कांग्रेसको महाधिवेशनमा नेताहरुको मुल्याङ्कन गरेर कुर्सीमा पुर्‍याउन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । महाधिवेशन निर्वाचनमा स्वविवेक प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
 
त्यसैगरी नेपाली कांग्रेस देशकै अभिभावक रहेको धारणा राख्दै देशमा देखिएको नाकावन्दी, भुकम्प पिडीतहरुको समस्या समाधनका लागि कांग्रेसले निकास खोज्न भुमिका निभाउनुपर्नेमा सिटौलाले जोड दिनुभयो । राज्य पुर्नसंरचनामा कैलाली कञ्चनपुर प्रदेश नं. ७ मै रहने स्पष्ट पार्दै उहाँले कैलाली कञ्चनपुरको संरचनाको निर्णय सिराहा, सप्तरीका जनताले गर्ने होइन भन्नु भयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ