arrow

स्थानीय तहको संख्या थप्ने सरकारको तयारी, मन्त्रिपरिषद् बैठकमा छलफल

विराटनगर र वीरगञ्जलाई महानगर बनाउन प्रस्ताव

logo
प्रकाशित २०७४ जेठ ८ सोमबार
cabinet-naya-news-aa.jpeg

काठमाडौं । सरकारले तराई मधेसमा स्थानीय तहको संख्या थप्ने तयारी गरेको छ । बालुवाटारमा जारी मन्त्री परिषदमा तराई मधेसमा २४ स्थानीय तह थप्ने प्रतावमाथिनै छलफल भइरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बैठकमा बिराटनगर र वीरगञ्जलाई उपमहानगरबाट महानगर र २३ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने प्रस्ताव विजयकुमार गच्छदार संयोजकत्वको तीन सदस्यीय कार्यदलले तयार पारेको छ ।

प्रधानन्त्रीको निजी सचिवालयका अनुसार बैठकले प्रस्ताव पारित गर्नेछ । विराटनगर र वीरगञ्ज महानगर भए महानगरको संख्या ६ पुग्ने छ । असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तहको संख्या बढाउन माग गरेपछि सरकारले उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको नेतृत्वको कार्यदल बनाएको हो । कार्यदलले मधेसी मोर्चाका नेताहरुसँग गरको छलफलका आधारमा प्रस्ताव तयार गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ