arrow

पर्वतमा बन्ने भयो अर्को कीर्तिमानी झोलुङ्गे पुल

logo
प्रकाशित २०७२ पुष १८ शनिबार
Parbat-Bridge.jpg.jpeg.jpeg
विशन क्षेत्री, पर्वत । लामो झोलुङ्गे पुलको जिल्लाबाट चर्चित पर्वतमा फेरि अर्को कीर्तिमानी झोलुङ्गे पुल निर्माण हुने भएको छ । कालीगण्डकी नदीमाथिको पर्वत र बाग्लुङ्ग जोड्ने नेपालकै लामो ३४७ मिटरको कुश्मा–कैया झोलुङ्गे पुलको रेकर्ड तोड्दै मोदी खोला माथि ३५९ लामो मुडिकुवा–बडागाउँ झोलुङ्गे पुल निर्माण हुने भएको हो । पुलको उचाई भने १५५.७० मिटर हुने छ ।

मुक्तिनाथ एण्ड ओम गीता जेभी कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको पुलको लागत एक करोड ७६ लाख ९९ हजार रहेको छ । पुललाई आगामी भाद्र मसान्तसम्ममा सक्ने लक्ष्य राखिएको छ । झन्डै तीन महिना पछि काम निर्माण थालनी भएतापनि समयमा नै निर्माणकार्य सम्पन्न गर्ने कन्स्ट्रक्सनका सञ्चालक ओम गौचनले जानकारी दिए । 

पर्वत जिल्लाको क्षेत्र नं. १ र क्षेत्र नं. २ जोड्ने उक्त पुल व्यापारिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण हुने पुल निर्माण समितिका मुख्य सल्लाहकार ऋषिकेश तिवारीले बताए । पुलले पर्वत र बाग्लुङ्गका दक्षिणी गाविसका बासिन्दालाई सदरमुकामसम्मको दूरी छोट्याएको छ । 

पुल निर्माण भएसँगै एक घण्टाको पैदल यात्रा १० मिनेटमा छोटिने भएको छ । पुलले यातायात तथा ढुवानीमा समेत सहजता ल्याउने जिल्ला प्राविधिक कार्यालय पर्वतका ईञ्जीनियर महेन्द्र बानियाले जानकारी दिए । नेपाली कांग्रेसका केन्द्रिय सभापति एवम् पूर्व–प्रधानमन्त्री सुशिल कोईरालाले शुक्रबार पुलको शिलान्यास गरेका हुन् । शिलान्यास पश्चात कोईरालाले नेपाल प्राकृतिक सम्पदाको धनी मुलुक भएको हुँदा श्रोत साधनको सदुपयोग गरी पर्यटक भित्र्याएर आर्थिक लाभ लिन सकिने बताए । नेपालमा पर्यटन व्यवसायको राम्रो सम्भावना भएर पनि राजनीतिक अस्थिरताका कारण व्यवसाय फस्टाउन नसकेको टिप्पणी गरे ।

पर्वतमा यस अघि पनि दुई ओटा लामो झोलुङ्गे पुल निर्माण भईसकेका छन् । लामो पुलको जिल्ला बनेसँगै पर्वतमा आउने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ । निर्माणाधीन यो पुलले थप पर्यटक भित्र्याउने आशा गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ