arrow

धोती तेरो, टोपी मेरो दौरा सुरुवाल कसको ?(भिडियोसहित)

logo
प्रकाशित २०७४ जेठ ९ मंगलबार
dhoti_ra_topi.JPG

काठमाडौं । समाजमा सुखद् क्षण वा नतिजा देखिन केही समय लाग्छ । सिर्जनामा पनि ठ्याक्कै त्यस्तै । हुन त अहिले हतारमा सिर्जना सार्वजनिक गर्नेहरुको पनि ठूलो लहड छ । तर, यही भीडमा अलिक परिस्कृत छन् गायक तथा संगीतकार सागर सरद अधिकारी । उनको गलाले धेरैलाई मन्त्रमुघ्द बनाउँछ ।

धेरैले उनलाई सिर्जना निरन्तर सार्वजनिक गर्न हौस्याइरहन्छन् । तर उनी हल्लामा विश्वास राख्दैनन् । साधनामा बेसी विश्वास राख्छन् । उनले गीत, गजल गाएर रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा दोस्रो र राष्ट्रव्यापी गजल गायन प्रतियोगिताको पहिलो पुरस्कार पाइसकेका छन् ।

केही फुटकर गीतमा आवाज तथा संगीत भरेका अधिकारीको राष्ट्रिय भावको गजलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘धोती तेरो, टोपी मेरो’ । यो गजलमा कवि भरत आचार्यको शब्द छ । पहिले–पहिले  आक्कल झुक्कल कलम चलाउँदै आएका उनले विविध कारणले निरन्तरता दिन सकेनन् ।

पछिल्लो समय आचार्य ‘गोरखा’भूकम्प र चरम नाकाबन्दी पछि आम नेपालीले भोग्नु परेका पीडाहरु कविता, गीत, गजल र व्यंग्यात्मक अभिव्यक्ति पस्कँदै आए । सार्वजनिक गजल ‘धोती मेरो टोपी तेरो दौरा सुरुवाल कसको ?’ बोलको राष्ट्रिय भावको गजलमा कवि आचार्यले हामी नेपालीमा हामी भन्ने भावना हराउँदै गएर सिङ्गो देशनै तेरो मेरो भन्ने भावनामा अल्झेको दृष्टान्त अभिव्यक्त गरका छन् ।

अधिकारीको स्वर तथा संगीत रहेको गजलमा साहश शाक्यको संगीत संयोजन छ । भरखरै मात्र छायाङ्कन भै बाहिर आएको गजलको म्युजिक भिडियोमा अजय रेग्मीको छायाँकन, उदिपध्वज थापाको सम्पादन रहेको छ । सुरेश राउतले समेत महत्वपूर्ण भूमिका निभाएका छन् । गीत रेकर्ड देखि म्युजिक भिडियो सम्पन्न गर्नेसम्मको काममा विशेष सहयोगिको भूमिका गीतकार तथा चलचित्र कर्मी प्रकाश सुवेदीले निर्वाह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ