arrow

एमालेको अवरोधको अडानले संसद बस्न सकेन, प्रधानमन्त्रीको राजीनामा आएन

सूचना टाँसेर स्थगित

logo
प्रकाशित २०७४ जेठ ९ मंगलबार
samsadhall.jpeg

काठमडौं । प्रमुख विपक्षी एमालेसहितका दलले संसद अवरोध गर्ने अडान कायमै राखेपछि संसद बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।

बैठक वुधबार विहान ११ बजे बस्ने गरी सूचना टाँस गरेर स्थगित भएको सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए । संसद बैठक बसाउन तीन दलका शीर्ष नेताहरुले साँझसम्म गरेको प्रयास विफल भयो ।

सरकारले अनावश्यक रुपमा तराई मधेसमा स्थानीय तहको संख्या बढाएको भन्दै एमालेले संसदको अवरोध नखोल्ने अडान राखेपछि शीर्ष तहमा सहमति जुट्न सकेन । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीबीच संसद खोल्ने विषयमा सहमति भएन । दिउँसो १ बजे बोलाइएको संसद बैठक, ३ बजे, ५ बजे हुँदै अन्तिम समयमा आएर सूचना टाँस गरेर स्थगित भएको हो ।

संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष सम्बोधन गर्ने र राजीनामाको घोषणा गर्ने कार्यसूची थियो । प्रधानमन्त्री दाहालले दिउँसो बसेको मन्त्रिपरिषद बैठकमा मन्त्रिपरिषदका सदस्यलाई आफुले राजीनामा दिन लागेको जानकारी गराएका थिए । प्रधानमन्त्री दाहालले काँग्रेससँग सरकार गठनका बेला भएको पूर्वसहमति अनुसार नै राजीनामा दिन लागेको जानकारी मन्त्रिपरिषद सदस्यहरुलाई गराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ