arrow

हृदयघातका कारण कास्की कांग्रेसका उपसभापतिको निधन

logo
प्रकाशित २०७४ जेठ १० बुधबार
hari_acharya.jpg

 

पोखरा । नेपाली कांग्रेस कास्कीका उपसभापति हरि आचार्यको हृदयघातका कारण बुधबार बिहान निधन भएको छ । ४४ वर्षीय आचार्यको पोखरा ११ काहुँ स्थित आफ्नै घरमा बिहान १० बजेतिर हृदयघात भएको थियो । तत्काल मनिपाल शिक्षण अस्पताल पु¥याए पनि बाटोमा नै उनको निधन भइसकेको चिकित्सकहरुले बताएका छन् ।

उपसभापति आचार्य नेपाली काग्रेसको अघिल्लो कार्यकालको जिल्ला सदस्य, तरुण दल कास्कीका पुर्व सहसचिव र हाल काहुँ बृहत खानेपानी आयोजनाको अध्यक्ष समेत रहेका थिए ।

कांग्रेस कास्कीको १३ औं महाधिवेशनबाट कास्कीका उपसभापति बनेका आचार्यप्रति श्रद्धाञ्जलीका लागि दिउँसो १ बजे पोखरा स्थित पार्टी कार्यालयमा राखिने कांग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिए । आचार्यको परिवारमा बुवाआमा, पत्नी, १ छोरा, १ छोरी रहेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ