arrow

जनवादी युवा मोर्चाले कालाबजारी र तस्कर पक्रिने घोषणा

logo
प्रकाशित २०७२ पुष १८ शनिबार
Janabadi-Morcha.jpg.jpeg
काठमाडौ । सयूक्त जनवादी यूवा मोर्चाले भारतको अघोषित नाकाबन्दी र त्यसले उत्पन्न गरेको कालावजारी विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।  मोर्चाले शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पुष १९ गतेदेखि माघ ५ गतेसम्मको आज्दोलनको कार्यक्रम घोषणा गरेको हो । 

घोषित आन्दोलनको कार्यक्रममा पुष १९ गते तीन दिन कालोबजारी भईरहेको ठाँउ र त्यसमा संलग्न ब्यक्तिहरुको विषयमा सूचना संकलन गर्ने, पुष १९ गते नै मधेसी मोर्चाका शिर्ष नेताहरुलाई आन्दोलन फिर्ता वा स्वरुप परिवर्तन गर्न आग्रह गर्दै ज्ञापन पत्र बुझाउने, पुष २० गते कालोबजारी, महंगी र तस्करी नियन्त्रण गर्न अनुरोध गर्दै प्रधानमन्त्री र भारतीय राजदुतावासलाई ज्ञापन पत्र बुझाउने रहेको छ । 

त्यसैगरी त्यसपछि तस्कर र कालाबजारी गर्नेलाई पक्राउ गरि प्रशासनलाई जिम्मा लगाउने, प्रशासनले सहयोग नगरे जनताको सहयोगमा प्रशासनको भण्डाफोर गर्ने, नाकाबन्दीको कारण लागेको डिमरेज चाज भारतबाट तिराउन कानून उपचारको खोजी गर्ने, पुष २५ गते सिंहदरवार घेराउ गर्ने, नेपाल र भारत सरकारबाट दोहोर तलब लिने कर्मचारीलाई कारवाही गर्ने लगायतका रहेका छन । त्यसपछि पनि आफूहरुको माग पुरा नभए राष्ट्रिय प्रतिरोध आन्दोलन सुरु गर्ने रहेको छ । 

पत्रकार सम्मेलनमा मोर्चाका संयोजक हरि बोहराले फर्जि दोस्रो संविधानसभाले जनताको म्याण्डेड विपरित संविधान जारी गर्दा मुलुकमा समस्या आएको दावी गर्दै सरकारले राष्ट्रबादको शब्दजालको नाममा कालोवजारीलाई प्रोत्साहन गरिरहदा पनि प्रतिपक्ष भने निदाईरहेको आरोप लगाए । 

उनले आफूहरु बाध्य भएर आन्दोलनमा उत्रनु परेको भन्दै यसलाई कमजोरी ठानिए त्यसको भयंकर परिणाम भोग्नु पर्ने चेतावनी दिए ।  पत्रकार सम्मेलनमा राष्ट्रिय मुक्ती आन्दोलनका अध्यक्ष मुक्ती बराल, अखण्ड सुदुरपश्चिमका संयोजक खगेन्द्र अवस्थी, जातीय क्षेत्रीय मोर्चाका संयोजक गोरखबहादुर बिसी, मगर राष्ट्रिय मुक्ती मोर्चाका केन्द्रीय सदस्य विजय पुलामीले एक्यबद्धता प्रकट गर्दै संविधान विदेशीको ईशारामा बनेकोले यसले समस्या समाधान गर्न नसक्ने ठोकुवा गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ