arrow

अनु नआउँदा सबिनको अंगालोमा सारिका

logo
प्रकाशित २०७२ पुष १८ शनिबार
Sabin-Samira.jpg.jpeg
काठमाडौं । फिल्मको सुटिङमा व्यस्त हुँदा या अन्य केही कार्यक्रमले फिल्मको प्रमोसन कार्यक्रममा उपस्थित नहुँदा कलाकारलाई राम्रै घाटा लाग्छ । घाटा यस अर्थमा कि फोटोपत्रकारको क्यामराको फ्रेममा उनीहरु अट्द सक्दैनन् । राजधानीमा शनिवार आयोजित फिल्म ‘लक्ष्य’को पत्रकार सम्मेलनमा यस्तै दृश्य देखियो । फिल्मकी प्रमुख नायिका अनु शाह भए पनि उनी अनुपस्थित भएपछि त्यसको फाइदा अर्की नायिका सारिका केसीले लिईन् । 

पछिल्लो समयमा एक पछि अर्को फिल्ममा व्यस्त बनिरहेकी अनु कार्यक्रममा नदेखिएपछि फोटो पत्रकारको क्यामरा सारिका तिर सोझियो । कार्यक्रमकै लागि आएका फिल्मका अभिनेता सबिन श्रेष्ठ पनि देखिएपछि फोटोपत्रकारलाई उनीहरुलाई पोज दिएर तस्वीर खिचाउन कुनै समय लागेन । फिल्म ‘कान्छी मट्याङट्याङ’बाट फिल्मी अभिनयमा डेब्यु गरेकी सारिकाको ‘लक्ष्य’ दोस्रो फिल्म हो । त्यसकारण पनि उनीह आफुलाई क्यामरामा राम्रै कैद गराउन चाहन्थिईन् । जुन मौका उनले अनुको अनुपस्थितिमा राम्रैसँग लिईन् ।

कार्यक्रममा सारिकाले फिल्ममा सिनियर कलाकारसँग काम गर्न पाउँदा रमाइलो लागेको बताईन् । उनले फिल्ममा आफ्नो भूमिका सामान्य युवती सरह रहेको बताईन् । अभिनेता सबिनले फिल्ममा आफु एउटा लक्ष्य बोकेर हिँडेको युवकको भूमिकामा देखिएको जनाए । अभिनेता सुनिल थापा, अर्जुनजंग शाही, रवि गिरी, भानु प्रतापलगायतले आफ्नो भूमिकाबारे प्रष्ट पारे । कार्यक्रममा फिल्मको एक्सनलाई प्राथमिकता दिइएको ट्रेलर देखाइएको थियो ।

ओमलाल गुरुङ र किरण गुरुङले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा मिलन आले मगरको निर्देशन छ । उनले यसअघि ‘कबाडी’ नामक फिल्म निर्देशन गरेका थिए । देशका लागि केही गर्ने लक्ष्य लिएर अगाडि बढ्ने पात्रको कथामा निर्माण हुने फिल्ममा कमल आले, उत्तम केसी, सुरेन बस्याललगायतका कलाकारको अभिनय रहेको छ ।

चैत्र ५ गते रिलिज हुने फिल्ममा सुशील पँगेनीको पटकथा, अर्जुन पोखरेल र टंक बुढाथोकीको संगीत, रामजी लामिछानेको नृत्य, हिमाल केसीको द्वन्द्व र सुमन तण्डुकारको छायांकन रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ